नेपालगन्ज :
मेरो सान, मेरो स्वाभिमान
राष्ट्रिय पोसाक संरक्षण महाअभियान
राष्ट्र सुहाउँदो पोसाक राष्ट्रिय पोसाक
भुगोल सुहाउँदो पोसाक राष्ट्रियताको पोसाक
पहिरनको पहिचान
राष्ट्रिय पोसाक महा–अभियान
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको माइतीघर मण्डलामा ‘औपचारिक राष्ट्रिय पोशाक दिवस’ मनाएको छ । ‘राष्ट्र एक, राष्ट्रको पोसाक किन अनेक ?’ भन्दै राष्ट्रिय पोसाक दिवस मनाएको हो ।
प्रतिष्ठानले हराउँदै गएको नेपाली पोसाकलाई संरक्षण गर्ने उद्देश्यसहित आज माइतिघरमा प्रदर्शनसमेत गरेको छ । प्रतिष्ठानले ‘हाम्रो शान, हाम्रो स्वाभिमान ः राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने नारासहित २०७० साल पुस १७ गतेदेखि हरेक वर्ष यो दिवस मनाउन थालेको हो ।
विश्वजगतलाई नेपाली पोसाक चिनाउने उद्देश्यले आज आठौं राष्ट्रिय पोसाक दिवस मनाइएको प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले जानकारी दिए ।
‘विगतका वर्षहरुमा पनि हामीले सम्पूर्ण नेपालीको मनमा राष्ट्रिय पोसाक, झण्डाका लागि संघर्ष गर्दै आइरहेका छौँ,’ उनले भने, ‘दौरासुरुवाल, गुन्युचोलो हाम्रो राष्ट्रिय पोसाक हो, सम्पूर्ण नेपालीले यसको संरक्षण गर्न जरुरी छ ।’
शुक्रबार बिहान ८ बजे राष्ट्रिय पोशाक दौरासुरुवाल, गुन्यूचोली र राष्ट्रिय झण्डासहित उपस्थित भएर उनीहरुले ¥याली समेत गरेका थिए ।