नेपालगन्ज : बास केन्द्रीय कार्यालय नेपालगन्जले आज नेपालगन्जमा आठौं राष्ट्रिय टोपी दिवस मनाएको छ । राष्ट्रिय टोपी दिवसको अवसरमा आज नेपालगन्जको बिपि चोकमा टोपी सहितको सहभागिमा कार्यक्रम गरेको हो ।
‘राष्ट्रिय पोषाक हाम्रो सान, देशको गौरब’ लगायतका नारा सहित बिपि चोकमा बिहान १० बजे भेला भएर टोपी दिवसको शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले राष्ट्रिय टोपी दिवसले देशका विभिन्न भाषा, जातजातीलाई एउटै शुत्रमा जोड्ने बताए ।
उनले यस्ता कार्यक्रमले राष्ट्रिय एकता बलियो बनाउने भन्दै टोपीलाई सबैले बिर्सिरहेको अवस्थामा त्यसको संरक्षण गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख उमा थापा मगरले देशमा राष्ट्रिय पोसाकको पहिचान र प्रयोग हराईरहेका बेला बासले राष्ट्रिय पोसाकको संरक्षण गर्ने कार्यक्रम आयोजना गर्नुले सकारात्मक सन्देस प्रवाह भएको बताइन् । उनले सँस्कृती, सभ्यता र संरक्षण गर्न सबैले हातेमालो गर्न अपील गरिन् ।
यसैगरी कार्यक्रममा उपस्थिती बरिष्ठ पत्रकार पूर्णलाल चुकेले राष्ट्रिय टोपी दिवस आयोजनाले राष्ट्रिय पहिचान स्थापित गर्ने विश्वास ब्यक्त गरे ।
नेपाली पोषाक नेपालको सान भएको उनको भनाई थियो । कार्यक्रममा बोल्दै असल शासन मिडियाका प्रबन्ध निर्देशक किरण कार्कीले राष्ट्रिय दिवस मनाउनु गौरबको कुरा भएको बताए ।
बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेपाली संस्कृतीको संरक्षण र सम्बद्र्धनमा बासले नियमित कार्यक्रम गर्दै आएको बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख उमा थापा मगर, प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ, बाँकेका प्रहरी प्रमुख ओम बहादुर राना, बरिष्ठ पत्रकार पूर्णलाल चुके, असल शासन मिडियाका किरण कार्की लगायत नेपाली टोपी लगाएर दिवस मनाएका थिए । कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।