नरैनापुरमा अनलाइन घटना दर्ता शुरु


नरैनापुरमा अनलाइन घटना दर्ता शुरु

नरैनापुर (बाँके) : बोकेको नरैनापुर गाउँपालिकाले आजदेखि अनलाइन व्यक्तिगत घटना दर्ता शुरु गरेको छ । व्यक्तिगत घटना दर्ता प्रणालीलाई व्यवस्थित गर्न आज शुक्रबारबाट अनलाईन व्यक्तिगत घटना दर्ता शुरु गरेको हो ।

नरैनापुर गाउँपालिका–४ निवासी बुवा सरिफ खाँ र आमा सरतुल खाँका एक महिने छोरा दिलशाद खाँ र जुबेर बुवा खाँ र आमा मीना बेगमका छोरा जावेद खाँको अनलाइनबाट जन्मदर्ता गरेर अनलाइन व्यक्तिगत घटना दर्ता सुभारम्भ गरिएको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

गाउँपालिकाको वडा नम्बर–४ बाट शुभारम्भ भएको अनलाइन व्यक्तिगत घटना दर्ता सबै वडाबाट सुरु गरिने पनि उनले जानकारी दिए ।

अनलाईन व्यक्तिगत घटना दर्ता शुभारम्भ कार्यक्रममा नरैनपुर गाउँपालिका–४ का वडाध्यक्ष दिनेशप्रसाद शर्मा, वडा नम्बर– २ का वडाध्यक्ष मसुद अहमद खाँ, प्रशासन शाखा प्रमूख भरत महतो, योजना शाखा प्रमूख विजयकुमार यादव, पंजीकरण शाखा प्रमूख जयप्रकाश पाठक, वडा नम्बर–४ का सचिव सुजिता चौधरी, पंजीकरण शाखाका गोविन्दप्रसाद गोडिया लगायतको सहभागिता रहेको थियो ।