बाँके प्रहरीको टेलिफोन नम्बर १०० मा समस्या यी नम्बरमा फोन गर्नुहोस्


बाँके प्रहरीको टेलिफोन नम्बर १०० मा समस्या यी नम्बरमा फोन गर्नुहोस्

नेपालगन्ज : तपाईलाई समस्या पर्दा होस् वा कुनै घटना, दुर्घटना अथवा जानकारी दिनका लागि १०० नम्बर डायल गर्नु हुन्छ ।

यतिबेला बाँके प्रहरीले सञ्चालन गरेको टेलिफोन नम्बर १०० मा तपाईले सम्पर्क गर्दा एन्गेज अर्थात विजि टोन सुन्नुहुनेछ । घरीघरी १०० नम्बर डायल गर्दा पनि सम्पर्क हुन नसक्दा कति ब्यस्त राख्न सकेको होला भनेर रिस पनि उठेको होला ।

सामान्य बच्चा होस वा बयस्क सबैको मुखमै झुण्डिएको टेलिफोन नम्बर १०० नै हो । जहाँ सिधै प्रहरीसंग जानकारी दिन र लिन प्रयोग गर्न सकिन्छ । तर, प्राविधिक गडबडीका कारण यतिबेला बाँके प्रहरीको टेलिफोन नम्बर १०० मा समस्या आएकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा सञ्चालनमा रहेको नेपाल टेलिकमद्वारा सञ्चालित टेलिफोन नम्बर १०० को सञ्चार सेवामा प्राविधिक समस्या आई अबरोध रहेको जिल्ला प्रहरी कार्यलय बाँकेले जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

प्राविधिक गडबडीका कारण यतिबेला प्रहरीको १०० नम्बर प्रयोगमा आएको छैन । जसले गर्दा सर्वसाधरणलाई सास्ती भएकोछ । यद्यपी जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त समस्या छिटै हल गरि केही दिनमा नै पुनः सञ्चालनमा ल्याईने जनाएकोछ ।

प्रहरीको १०० नम्बर टेलिफोनमा गडबडी भएपछि यतिबेला जिल्ला प्रहरी कार्यालय बाँकेले साथै २४ सैं घण्टा सम्पर्क गर्न सकिने प्रहरी कन्ट्रोल नम्बर ९८५८०९०११० र ९८१२५३७१३१ सम्पर्क गर्न आग्रह गरेकोछ ।