कर्मचारी र जनप्रतिनिधी सहकार्यमा जोड


कर्मचारी र जनप्रतिनिधी सहकार्यमा जोड

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवलशम्शेर राणाले नगरलाई सबै क्षेत्रमा विकास गर्न कर्मचारी र जनप्रतिनिधीबीच साथ र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

जनप्रतिनिधी सिमित अवधीको लागि हुने भन्दै उनले कर्मचारीले स्थायी सरकारको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए ।

कर्मचारीहरुका लागि ३ दिने सकारात्मक सोँच तथा व्यवस्थापन सम्बन्धि तालिमको आईतबार समापन गर्दै नगर प्रमुख राणाले तालिममा सिकेका सीपलाई कार्यक्षेत्रमा कार्यान्वयन गर्न सुझाव दिए ।

उपप्रमुख उमा थापामगरले जनताप्रतिको दायित्व महत्वपूर्ण भएको भन्दै सबैजना सकारात्मक भएमा धेरै काम गर्न सकिने बिश्वास ब्यक्त गरिन् ।

Kanti Aarogya Hospital Nepalgunj

उनले सहज सेवा प्रवाहमा यसखालका तालिमले सहयोग पुग्ने बताइन् । तालिमका सहभागी तथ्यांक अधिकृत सुरेन्द्र पन्त, वडा सचिव उपमन्यू त्रिपाठी र गौरीकुमारी शाहीले तालिम निकै प्रभावकारी भएको भन्दै सिकेका ज्ञानलाई कार्यान्वयन गर्ने बताए ।

जिआईजेडको सहयोगमा भएको तालिमको समापन कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख राजन केसीले गरेका थिए ।