नरैनापुरमा आईतबार सार्वजनिक विदा


नरैनापुरमा आईतबार सार्वजनिक विदा

नरैनापुर(बाँके) ३ माघ : नरैनापुर गाउँपालिकाले पूर्वमन्त्री दिनेशचन्द्र यादवको निधनको शोकमा सार्वजनिक विदा दिएको छ ।

आज (शनिवार) बसेको गाउँपालिकाको बैठकले भोलि (आईतबार) एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले जानकारी दिए ।

नरैनापुर गाउँपालिकाभित्रका आकस्मिक स्वास्थ्य सेवा बाहेक स्थानीय तहका सरकारी तथा गैरसरकारी संघसंस्था र विद्यालयहरुमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरिएको उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गाउँपालिकाले यादवको निधनमा गहिरो दुःख ब्यक्त गरेको छ । स्वर्गीय यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन र शुभचिन्तकहरुप्रति गहिरो समबेदना प्रकट गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

नरैनापुर गाउँपालिका लक्ष्मणपुर निवासी यादव लोकप्रिय नेता हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर–२ बाट निर्वाचित यादव खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत बनेका थिए ।

हाल भूमी सम्बन्धि समस्या समाधान आयोगका सदस्य समेत रहेका यादवको विहीबार विहान ग्राण्डी अस्पताल काठमाण्डौमा उपचारका क्रममा निधन भएको थियो ।

कोरोना संक्रमित भएका यादवलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगन्जबाट सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको थियो । उनी मधुमेहका विरामी पनि थिए ।