अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने


अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने

सिड्नी ३ वैशाख : सन् २०२१ को अन्त्यसम्म विदेशी पर्यटक तथा विद्यार्थीका लागि अस्ट्रेलिया प्रवेश निषेध हुने सम्भावना बढेर गएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बिहिबार पर्थ रेडियोलाई एक अन्तर्वार्ता दिँदै यदि अस्ट्रेलियाले बोर्डर खुला गरेमा दिनहुँं हजारौ भारइस संक्रमण भित्रिने हुनाले अहिलेको लागि त्यो सम्भव नरहेको बताएका छन् ।

अस्ट्रेलियाले आउँदो जुन दोस्रो सातासम्मका लागि मात्र औपचारिक रूपमा बोर्डर बन्द गर्ने निर्णय गरे पनि प्रधानमन्त्रीको यस्तो स्पष्ट धारणा आएपछि बोर्डर यस वर्षको अन्त्यसम्म नुखल्ने सम्भावना देखिएको हो ।

अस्ट्रेलियामा रहेका सबै नागरिकलाई भ्याक्सीन लगाएपछि मात्र पुरानै लयमा फर्कनसक्ने सम्भावना रहेको मोरिसनले बताएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोरोनाको भ्याक्सीन ढिलाइका कारण अस्ट्रेलियाले यस वर्षको अन्त्यसम्म मात्र सबै नागरिकलाई खोप लगाउने योजना बनाएको छ । अस्ट्राजेनेक भ्याक्सीनले नकारात्मक प्रभाव पारेपछि अस्ट्रेलियाले अर्को भ्याक्सीन मगाइसकेको छ ।

नयाँ खोप आउन समय लाग्ने भएकाले आगामी जनवरीसम्ममा सबैलाई खोप लगाइसक्ने प्रधानमन्त्रीले योजना सुनाए ।

प्रधानमन्त्रीले सुरक्षीत अवस्थामा न्युजिल्यान्डसँंगको सीमा खोलेर त्यसको प्रभाव जान्ने काम भएको समेत सुनाए । उनले सिंगापुरसँंग सीमा खोल्ने कुरा अगाडि बढे पनि आफूहरू निकै सशंकित भएको बताए ।

अस्ट्रेलियाले सन् २०२० को मार्चदेखि सीमा प्रतिबन्ध लगाएको थियो । जसले कयौं कारणबस घर फर्केका विद्यार्थी र अन्य भिसामा रहेको ब्यक्तिसमेत एक वर्षदेखि अस्ट्रेलिया फर्कन पाएका छैनन् ।

पछिल्लो समयमा यहाँका विश्वविद्यालय र कलेजले धमाधम अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गरे पनि उनीहरु स्वदेशवाटै अनलाईन कक्षा पढन बाध्य छन् ।

नेपालमा मात्र करिब दुई हजार भिसा लागेर अस्ट्रेलियाको बोर्डर खुल्ने प्रतिक्षामा विलार्थी छन् । तर, पछिल्लो अस्ट्रेलियन सरकारको भनाइ र भ्याक्सीनेसनमा ढिलाइनले मंहगो डलर तिरेर अनलाइन पढने विध्यार्थी थप मारमा पर्ने निश्चत देखिएको छ ।

बुधबार मात्र अस्ट्रेलियाका स्वास्थ मन्त्री ग्रेग हन्टले एक कार्यक्रममा सबै जनतालाई भ्याक्सीन लगाएपछि मात्र अस्ट्रेलियन सीमा सबैका लागि खुला गरिने बताएका छन् । जसको अर्थ यो वर्ष अस्ट्रेलियाले आफ्नो सीमा खोल्ने सम्भावना निकै न्यून रहेको छ ।