नेपालगन्ज १६ कार्तिक : उच्च अदालत तुलसीपुर नेपालगन्जले कोरोना बीमाबापत रकम भुक्तानी नगर्ने बीमा कम्पनीसंग लिखित जवाफ मागेकोछ । कोभिड–१९ बीमा बापत रकम उपलब्ध नगराइएपछि बाँकेका कानून ब्यवसायीले रिट निवेदन दायर गरेपछि अदालतले यस्तो आदेश दिएको हो ।
सर्बसाधारणलाई कम्पनीले बीमा रकम दिनुपर्ने माग गर्दै बाँकेका कानून ब्यवसायीले सोमबार उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासमा रिट निवेदन दायर गरेका थिए । उक्त रिटमाथि उच्च अदालत तुलसीपुर नेपालगन्जले मङ्गलबार गरेको बहसपछि कोरोना बीमा गराउने बाँकेका २० वटा बीमा कम्पनीलाई १५ दिनभित्र कारणसहित लिखित जवाफ मागेको छ ।
न्यायधीश ध्रुवराज चन्दको एकल ईजलासले कोरोना बीमा भुक्तानी नगर्ने नेपालगन्जका २० वटा बीमा कम्पनीले हालसम्म विमितलाई वीमाबापतको रकम भुक्तानी नगर्नुको कारण, प्रमाण र आधारहरु सहित लिखित जवाफ मागेकोहो ।
नेपाल बारका वरिष्ठ उपाध्यक्ष एवम् अधिवक्ता सुनिल श्रेष्ठ, इन्सेकका लुम्बिनी प्रदेश प्रमुख भोला महत, अधिवक्ताहरु विकास आचार्य, लोकबहादुर शाह, बलबहादुर चन्द र बसन्त गौतम समेतले बाँकेका २० वटा बीमा कम्पनी विरुद्ध रिट दर्ता गरेका हुन् ।
रिटमा नेपालगन्जको पुष्पलाल चोक स्थित रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शाखा कार्यालय समेतलाई विपक्षी बनाइएकोछ । कोरोना महामारीका बेला बीमा गराएका अधिकांशले आवश्यक कागजात पेश गर्दापनि बीमा वापतको रकम पाउन सकेका छैनन् । बीमा रकम नपाएको भनि चौतर्फी गुनासो बढिरहेका बेला बाँकेका कानून ब्यवसायीले सार्वजनिक सरोकारको विषय भएको भन्दै न्यायालयको ढोका ढकढकाएका हुन् ।
नेपाल संविधानको धारा ४६ र धारा १४४ बमोजिम बीमा लेखमा उल्लेखित शर्त बमोजिमको बीमा रकम माग भएका निवेदनहरुको यथाशिघ्र भुक्तानी दिनु भनि विपक्षीका नाममा परमादेश लगायत आज्ञा, आदेश पुर्जी जारी गरिदिन माग गरिएको छ ।
कोरोना महामारीका क्रममा नेपाल सरकारले देशभर रहेका विभिन्न २५ वटा बीमा कम्पनीलाई कोभिड–१९ को बीमा गर्ने मान्यता दिएको थियो । सोही मान्यतालाई आधार मानेर देशभरका थुप्रै जनताले बीमा गराएका थिए ।
बाँकेमा रहेका २० वटा बीमा कम्पनीले सर्बसाधारणका लागि कोरोना बीमा गरिदिएका थिए । त्यस वापत कम्पनीले सर्बसाधारणबाट करोडौं प्रिमियम रकम असुल गरेका छ भने आफूहरुसंग रकम नभएको तथा सरकारले यस विषयमा बजेट समेत नदिएको भन्दै बीमा कम्पनी आफ्नै शर्तनामाबाट पन्छिरहेका छन् । अदालतबाट कानून बमोजिम बीमा असुल गर्ने भनि आदेश भएमा बीमा कम्पनीले जुनसुकै अवस्थामा पनि शर्त अनुसार बीमितलाई रकम उपलब्ध गराउनुपर्ने हुन्छ । यसले कालान्तरमा देशका जीवन तथा निर्जीवन बीमा कम्पनीमाथिको विश्वसनीयता गुम्ने पक्का छ ।
यो पनि पढ्नुहोस्
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’