‘ससुराको ससुरालीमा ज्वाईँ’


‘ससुराको ससुरालीमा ज्वाईँ’

बाँके बेनीरामको बतासा र चाट, घासीरामको मिठाई भन्ने बित्तिकै सिँगाही सम्झनु पर्छ । डोटी, अछाम, डडेल्धुराबाट उहिले–उहिले पलायन भएर अहिले भाषामा अवधी तर, रितिरिवाजमा यताको र उताको मिश्रण भएकाहरुको बस्ती भन्ने बित्तिकै सिँगाहीलाई सम्झनु पर्छ ।

त्यसो त अन्य धेरै कारणले सिँगाहीलाई सम्झिने गरिन्छ । सिँगाही भेडौरा, ईण्डियाको उत्तरप्रदेश अन्तर्गत लखिमपुर खीरी जिल्लामा पर्दछ । यो लखिमपुर निघासन दुधुवा बाटोको बिचमा पर्दछ, जुन निघासनबाट १० किमी, ११ किमी रखेटीबाट, मोतीपुरबाट ५ किमी, बनबिरपुरबाट १६ किमी पर्दछ । यहाँ धनगढी, टिकापुर, भजनी, नेपालगन्ज बोर्डरबाट पुग्न सकिन्छ ।

लेखक आफै भरखर केहि दिन पहिले मामा ससुराको पुत्र सञ्चित उपाध्यायको बिवाहको सिलसिलामा त्यहाँ पुगेको थियो । र, त्यहि स्थानको एतिहासिक महत्वको केहि जानकारी यहाँ उधृत गर्न खोज्दैछु । हुन त यो स्थान ईण्डियामा रहे पनि सयौँ वर्ष पहिले डोटीबाट पलायन गरेका राजा रजौटा र तीनका रैतीहरुको बंशज अहिले पनि त्यहाँ बस्ने भएकाले यस्को महत्व अझै रहेको छ ।

स्थानीयहरु एकातिर वर्तमानमा ईण्डियाका बासिन्दा रहेपनि शानले आफुहरुलाई नेपालीमुलका हौँ भन्न पनि रुचाउँछन्, बिवाहको भोजमा बज्ने नेपाली गानाहरु पनि त्यस्को एक ज्वलन्त उदाहरण हो । हुन त, भोज खाएर फिर्ता जानेलाई एकएक डब्बा मिठाई दिएर पठाएको एउटा अनौठो चलन देख्दा अचम्म पनि लाग्यो ।

Kids Festival 2022
kanti aarogya hospital
add

ढोलकको साथमा फाग गाएको र स्थानीय साजसज्जामा सजिएका महिला पुरुषहरुलाई नियाल्दा सयौँ वर्षको अन्तरालामा लवाई–खवाई बोली भाषामा आंशिक र कतै पुर्णरुपमा अवधीपनले आधिपत्य जमाएको देखिन्छ । हुन पनि होस्, नेपाल ईण्डिया दुबै तिरको रितितिथी मिलाउन पनि त गार्हो छ, त्यो पनि एक पराई मुलुकमा गई आफ्नो मुलुक बनाउन ! शाह, पाण्डे, पनेरु, उप्रेती, ओझा, उपाध्याय, खडका, सिँह, ठाकुर, पन्त, भण्डारी ईत्यादी डोटी डडेल्धुरा अछाम क्षेत्रका बासिन्दाहरु रहेका सिँगाही छाउनीका बासिन्दाहरुको धान खेत नेपाल सिमा सम्म रहेको जानकारी पनि त्यहाँ पाईयो ।

सिँगाही खैरीगढ राज्यको एतिहासिक पहलुलाई बिवेचना गर्दा राजा दीप शाहबाट शुरु भएको यस परगन्नामा राजा ईन्द्र बिक्रम शाह तथा उनकी महारानी सुरत कुमारीको अत्यन्त महत्वपुर्ण स्थान रहेको देखिन्छ । राज महल, काली मन्दिर, मुर्तीहरु, क्वीन मेरी स्कुलको निर्माण, हरिद्वार रिषिकेश लगायतका स्थानहरुमा पाटी पौवा धर्मशाला निर्माणमा ईन्को योगदान रहेको देखिन्छ ।

सन १८९० मा निर्माण सम्पन्न गरिएको सुरत भवन (राज महल) तत्कालिन प्रशिद्ध ईण्डो सोरेसियम शैलीमा निर्माण भएको देखिन्छ । सुर्यबँशी राजा दीप शाहका बंशज डोटी राजपुरमा राज्य गरेर बसेका थिए । नेपाल एकिकरणको एतिहासिक बिँडो सम्हाल्दै बाईसे चौबिसे राज्यहरुलाई एकपछी अर्को बिजय गर्दै अघी बढेका बहादुर शाहसँग मतान्तर भई डोटी छोडेर दुधुवा तर्फ बिस्थापित भएका राजा दीप शाह लगायतका उन्का राजाउटा रैतीहरुले सुरुवातमा खैरीगढ किल्ला बनाएर बन्जाराहरुसँग दुई पटक भयानक युद्ध गरेको देखिन्छ ।

राज भवन जस्लाई सुरत भवन पनि भनिन्छ त्यस्को निर्माणमा राजा ईन्द्र बिक्रम शाह तथा उनकी महारानी अर्थत अछामी राजकुमारी सुरत कुमारीको महत्वपुर्ण योगदान देखिन्छ । सन् १८९० तिर निर्माण सम्पन्न भएको यस महललाई बनाउदा चुना, दाल, घोडाको रौँ, बेलको गम ईत्यादीको सँमिश्रण रहेको स्थानीयहरुबाट जानकारी हुन आयो ।

यस भब्य महलको तलबाट सुरक्षा, भवितब्य ईत्यादीको कारणबाट बच्न को निमित्त सुरुङ्गको निर्माण पनि गरिएको छ । भवनको भुँईलाई अत्यन्त सुन्दर युरोपियन मोजाईक टाईलहरुले सजाईएको छ भने, माथितिर पित्तलका बुट्टाहरु टाँसिएको छ । महल बाहिर बिराजमान रानी सुरत कुमारी र राजा ईन्द्र बिक्रमको अष्ट धातुको मुर्ती पनि त्यही बेला फ्रान्सबाट बनाएर ल्याईएको थियो भनिन्छ । छेवैमा अहिले जिर्ण अवस्थामा रहेको भुल भुलैया पनि अवस्थित छ ।

डोटीबाट पलायन गरेका सुर्यबँसी राजाहरुले आफ्नै सर सम्पत्तीबाट बसाएको उक्त सिँगाही खैरीगढ परगन्नाको महत्व यतिमै सिमित नभई अन्य कुरामा शिक्षासँग को तीनको लगावलाई पनि लिन सकिन्छ । आफु खाशै पढे न लेखेकी अछामी राजकुमारी खैरीगढकी रानी सुरत कुमारीले सन १९१२ मा बेलायत कि तत्कालिन महारानी क्विन मेरीका नाममा क्विन मेरी गर्ल्स स्कुलको निर्माण गराएकी थिईन । दिल्ली दरबार बसाल्न ईण्डिया आएका किङ्ग जर्ज र उन्की रानीलाई सिँगाही बोलाएर स्कुल देखाउने उन्को धोको तर, पुरा हुन न सकेको देखिन्छ । कन्या शिक्षाको नितान्त पवित्र उद्धेश्यले निर्माण भएको क्विन मेरी स्कुलबाट कयौँले शिक्षा ग्रहण गरेको र समाजमा महत्वपुर्ण स्थानहरु हासिल गरेको सुन्दा रानी सुरत कुमारी प्रतीको सम्मान अझै बढेको छ ।

रानी सुरत कुमारी पछिका अर्का राजा प्रताप बिक्रम शाहले पनि आफ्नै नामबाट ईन्टर कलेजको स्थापना गराएका थिए । बेनीरामको पानीपुरी, घासीरामको मिठाई मिल्ककेक सँग बर्तमानमा जोडिएको सिँगाही बास्तवमा एतिहासिक दृष्टीकोणले हेर्दा हामी र हाम्रा पुर्खासित सँबन्धित कयौँ बिर्सिएका र केहि उजागर भएका तथ्यहरु बोकेर अझै पनि त्यही स्थानमा बसेको छ ।

उ भन्छ आउ नेपाली पर्यटक आउ, हेर कहिले सँम्बृद्ध तर बर्तमानमा ईण्डियामा मिसिन पुगेको डोटीको ईतिहासको एउटा अँश हेर, बुझ, र ईन्लाई सम्झी देउ । ई तिनै हुन जो कहिले नेपाली थिए, नेपाल थिए । अहिले उता छन, तर पनि आफ्ना हुन । स्थानिय पनेरु थरका पण्डितका अनुसार दक्षिण काली मन्दिर ( काली मन्दिर) भित्र बर्षौँ पुरानो मुर्तीहरु रहेका छन ।

फराकिलो ठाउँमा रहेको गणेश, सुर्यदेव, चन्द्रदेव, राम सिता, हनुमान्, काल भैरव, घटाल देवता, शिव प्रभुको छुट्टै छुट्टै मन्दिर र पुराना घण्ट घाँट हरुपनि पुज्यनिय र दर्शनिय छन । कालीमाताको मन्दिर अघाडी रहेको सिँहको कानमा खुसुक्क केहि कामना सुनाउँदा आफ्नो मनोकामना पुरा हुन्छ भनेर भनिँदो पनि रहेछ ।

अछामी राजकुमारीक तथा खैरीगढ राज्यकि महारानी सुरत कुमारी शाहले आफ्ना पति राजा ईन्द्रबिक्रमको कलिलै उमेरमा भएको देहावशान पश्चात आफुबाट सँतान नभएकोले आफ्ना नजिकका नातेदारलाई आफु पछिको राज्य बागडोर हस्तान्तरण गरेको देखिन्छ । जुन अहिलेसम्म पनि कायमै छ । राजघरानाका कयौँ सदस्यहरु बर्तमानमा लखनउ,दिल्ली, देहरादुन तथा बिदेश हरुमा पनि बसाई सरेको जानकारी हुन आयो ।

यता, अहिले पनि त्यताका बासिन्दाहरुको नेपालप्रेम अनि नेपाल सितको रोटी बेटीको सँबन्ध रहेको सुन्दा सुखद अनुभुती भयो । लेखक सामिल बिवाहको जन्ती पनि नेपाल आई नेपाली चेलीलाई दुलही बनाई ईण्डियामा भित्र्याईएको थियो ।

शरदचन्द्र ओझा, भवनियापुर–१४, बाँके

शरदचन्द्रका थप लेख

बेगम हजरत महलको निर्वासन र नेपाल