सोमबार, असोज ५, २०७७   ०३:५८:२९

बेगम हजरत महलको निर्वासन र नेपाल


सेतोखरी   2077-05-18

लखनउको प्रशिद्ध हजरतगञ्ज यीनकै नामले राखिएको हो । यीनी अवधको रानी अर्थात बेगम थिईन भने यीनलाई ईण्डियाले आफ्नो देशको शहिद, राष्ट्रिय बिभुती मान्दछ । यीनले जङ्गबहादुरको समयमा कयौ वर्ष काठमाण्डौमा निर्वासित जिवन बिताएकी थिइन भने यीनको मृत्यु पनि नेपालमै भएको थियो ।

बेगम हजरत महल(१८२० (७ अप्रैल १८७९), लाई अवधको बेगमको नामले सम्बोधन गरिन्थ्यो, अवधको नवाब वाजिद अली शाहको द्वितीय पत्नी थीईन । अङ्ग्रेजद्वारा कलकत्तामा आफ्नो पतीको निर्वासन पश्चात बेगम हजरतले लखनऊमा कब्जा गरी आफ्नो अवधको राज्य जोगाएकी थिइन । अङ्ग्रेजको कÞब्जाबाट आफ्नो देश बचाउनका निमित्त यीले आफ्नो छोरा बिरजिस कादिरलाई अवधको वली (शासक) नियुक्तगरेकी थिइन । खासमा बेगम हजरत महलको नाम मुहम्मदी खानुम थियो, उनलाई उनको जन्मस्थान फैजाबादबाट ल्याई शाहीहरममा (दरबार भित्रको एक भाग) ख्वासिन (दासी) को रुपमा उनकै मातापिताबाट बेचिएको थियो ।

सुन्दरतामा अति सुन्दर र नृत्यमा अब्बल भएकै कारण उजलाई महलमा महकपरीको रुपमा पदोन्नती गरियो । उनको सुन्दरताप्रती बादशाह बाजिद अली शाह पनि कायल थिए । बादशाहको नजरमा उनी बिस्तारै अरु भन्दा उत्कृष्ट बन्दै गईन, अनि पछि बादशाहले यीनलाई बिवाह गरे, र यीनीबाट एक पुत्र बिरजिस कादर जन्मेपछि बादशाहले यीनको नाम बेगम हजरत महल राखिदिए । ईष्ट ईण्डिया कम्पनीले १८५६ मा अवधमा कब्जा गरे पश्चात बादशाह बाजिद अली शाह कलकत्तातिर निर्वासित हुन पुगे । उनी आफु त्यता गए पनि उनकी धेरै जसो बेगम, सन्तान र दरवारीहरु यतै छुटे ।

एक वर्षपछि शुरु भएको आजादीको युद्धमा बेगम हजरतले बागडोर सम्हाल्दै छिमेकी देशका राजा जयलाल सिँहसँग हातेमालो गर्दै, दुई वर्षको संघर्ष पश्चात लखनउमा पुनः कब्जा गरेको ईतिहास छ । अङ्ग्रेजहरु यस युद्धमा नराम्ररी परास्त भएका थिए ।

छिमेकि देशको एक क्रान्तीकारी, पछि शहिदलाई उनको जिवनको तीस वर्षसम्म राजनैतिक शरण दिएर नेपालका तत्कालिन शासकहरुले गुन लाएकै हुन । उनी आफु, आफ्ना भाईभारदार, सेनाका साथ आफ्नो पछिल्लो जिवनको झण्डै तीस वर्षसम्म काठमाण्डौ थापाथलीको हालको नेपाल राष्ट्र बैँक रहेको दरबारमा जिवनयापन गर्दै बसेकी थिईन । एउटा महलकी रानी जस्लाई राजकाजको खासै ज्ञान थिएन, उसले आफ्ना बादशाहको निर्वाशन पश्चात सत्ता मात्रै हैन, अङ्ग्रेजहरुको बिरुद्ध स्वतन्त्रता आन्दोलनमा, नाना साहेब, बेनी माधो, तात्या टोपे, कुवर सिँह, फिरोज शाह, मौलवी अब्दुल्लाह जस्ताको साथ लिई संगठन गर्दै युद्ध लड्नु आफैमा एक मिशाल हुनसक्छ ।

तत्कालिन बेला दिल्लीको गद्दीमा संहशाह बहादुर शाह जफर शासित थिए । बेगमले आफ्ना पुत्र बिरजिस कादिरकोतर्फबाट उनलाई हौसलासहितको पत्र लेख्दा, उता दिल्लीबाट एउटा बहादुरीको मोहरनै छापेर पठाईएको थियो । खासमा दिल्ली स्वय पनि, अङ्ग्रेजहरुसँग लडीरहेकोले धेरै ठुलो सहयोग त दिल्लीलाई गर्न सकेन । भनिन्छ, नेपालका तत्कालिन शासकहरुसँग पनि सहयोग माग्ने कोसिश गरिएको थियो ।

सन् १८१७ मा बोर्लाङ्ग गोर्खामा जन्मिएका जङ्गबहादुर राणा नेपालको ईतिहासमा एक चर्चित पात्र हुन । उनको नामलाई अहिले पनि नेपाल–ईण्डिया सीमानामा उनले लगाउन लगाएको जँगे पिलरले सम्झिन्छ । त्यसो त यति मात्र नभई उनको अनेक बीरगाथा तथा कारनामाहरु पढ्न सुन्न पाईन्छ । यीनी नै हुन जसले १०३ वर्ष सम्म आफ्नो भाईभारदारको निमित्त यो मुलुकमा शाह बंशका राजाहरुलाई मुकप्राय राखेर बराबरीको शासन ब्यवस्थाको जगबसालेका थिए । आफ्ना बिरोधी गगन सिंहको हत्या गरेर कान्छी महारानीको कृपा पात्र बन्दै जङ्गबहादुरले सत्ताको बाटो पहिल्याएका थिए । बीर नरसिङ्गको रुपमा जन्मिए पनि उनका मामा माथवर सिंह थापाको उदघोसबाट उनी जङ्गबहादुर राणा बन्न पुगेका थिए ।

कास्की र लमजुङ्गका राजाको उपाधीबाट बिभुषित श्री ३ जङ्गबहादुरले आफ्नो कार्यकाल दुईवटा राजा राजेन्द्र बिर बिक्रम शाह अनि सुरेन्द्र बिर बिक्रम शाहको समयमा पुरा गरेका थिए । उनी आफ्नो समय र अहिले सम्म पनि नेपालको राजनितिका एक चर्चित पात्र हुन् । उनका कयौँ कार्यहरु कथाका रुपमा पनि चर्चित छन् । उनी ईण्डियामा शासन गर्ने अङ्ग्रेजको पनि कहिले नजदिक त कहिले आँखाको कसिँगर बनीरहे । बेला–बेलामा देशमा उथलपथल भएको बेलामा अबत जङ्गबहादुर नै चाहिन्छ भनिन्छ, यसको अर्थ जङ्गगबहादुर जस्तै निडर शासक चाहिएको हो भनेर बुझ्ने गरिन्छ । यिनै जङ्गग बहादुर संबन्धित केहि रोचक तथ्यहरु पनि छन् ।

यिनकै पालामा अङ्ग्रेजहरुसँग एउटा सन्धीको माध्यमले हालको नयाँ मुलुक अर्थात बाँके, बर्दिया, कैलाली, कँचनपुर पुनः नेपालमा गाँभिएको थियो । धरहराको टुप्पोबाट हाम फाल्थे रे उनी , अनी घोडचरीका अत्यन्त शौकिन थिए र जता जाँदा पनि घोडामा नै सवारी गर्दथे, जहिले पनि शिकारको निमित्त तयार रहन्थे । बद्रीनाथको दर्शन गरेर फर्किँदा उनले लामो समय घोडाबाटै यात्रा गर्दै सय दिन भन्दा बढी लगाएर काठमाण्डौ पुगेका थिए । बेलायतको भ्रमण गर्ने एशियाकै पहिलो प्रधानमन्त्री मात्रै नभएर त्यहिँ एक वर्ष सम्म बस्ने नेपालको प्रथम प्रधानमन्त्री पनि भएका थिए । पछि त्यताबाट फर्किँदा कला सँस्कृती र जनजिवन अनि कानूनमा पनि निकै प्रभाव पर्न सक्ने पश्चिमी प्रभाव बोकेर फर्केका थिए ।

यस्तै ब्यक्तित्वका धनी जङ्गगबहादुर राणाको समयमा लखनउ सल्तनतकी बेगम हजरत महल अङ्ग्रेजहरुसँगको हार पश्चात नेपाल शरण लिन आईपुगेकी थिईन् । एउटा क्रुर शासकको रुपमा चित्रित भए पनि नेपालको छिमेकी तत्कालिन देश अवधकी महारानी यहाँ राजनैतिक शरण लिन आउँदा उनलाई स–सम्मान यहाँ शरण दिनु उनको बडप्पन पनि थियो भनेर भन्नु पर्दछ ।