पर्यटन प्रर्बद्धनमा राप्तीसोनारी

बैरियादेखी अगैयासम्म राप्तीमा साहसिक जलयात्रा


बैरियादेखी अगैयासम्म राप्तीमा साहसिक जलयात्रा

कुसुम(बाँके) १८ चैत्र : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर –१ कुसुम बैरियादेखी अगैयासम्म राप्तीनदीमा शुक्रबारदेखि जल साहसिक यात्रा (र्याफ्टिङ) सञ्चालनमा आएको छ ।

राप्तीसोनारी गाउँपालिकासँगको सहकार्यमा पर्यटन डिभिजन कार्यालय बाँकेले र्याफ्टिङ सञ्चालनमा ल्याएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

साहसिक जलयात्राको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले उद्घाटन गरे । उद्घाटनसंगै मन्त्री चौधरी, राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख माधव ज्ञवाली, प्रदेश योजना आयोगका सदस्य डक्टर दामोदर भुसाल, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, पर्यटनकर्मी गेहेन्द्रकुमार खड्का लगायतले साहसिक जलयात्रा गरेका छन् ।

साहसिक जलयात्राको दुरी कुसुम बैरियादेखि अगैयासम्म करिव २७ किलोमिटर रहेको छ । पर्यटन प्रवद्र्धन गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने र आन्तरिक तथा बाह्री पर्यटन प्रर्बद्धन गर्न साहसिक जलयात्रा शुरु गरिएको मन्त्री चौधरीले बताए ।