खुल्यो कृष्णभीर 


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
खुल्यो कृष्णभीर 

कृष्णभीरमा मूल सडक भासिएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग लगभग २० दिनपछि सञ्चालनमा आएको छ। उक्त भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले कटान गरेपछि त्यहाँ पूरै सडक भासिएको थियो। मुग्लिन(नारायणघाट हुँदै देशको मुख्य पूर्वपश्चिम राजमार्गमा जोडिने यो सडक देशकै लाइफलाइन थियो। 

उक्त सडक भासिएपछि सरकारले त्यहाँ नयाँ ट्र्याक खोलेर यातायात सञ्चालन गर्ने विशेष रणनीति अपनाएको थियो। त्यसपछि लगभग १० दिनमै नयाँ ट्र्याक खुलेको हो। नयाँ ट्र्याक खोल्नका लागि प्राविधिकसहित ५० जनाको टोलीले दैनिक १२ देखि १६ घण्टासम्म निरन्तर काम गरेको थियो। कामलाई चौबिसै घण्टा अगाडि बढाउन सशस्त्र प्रहरी बल र स्थानीय तहको समन्वयमा ‘फ्लडलाइट’ ९उच्च क्षमताका बत्ती० हरू जडान गरी रातिको समयमा काम गरिएको थियो। 

निर्माणसँगै ठूला र मालबाहक गाडीहरू पास गराएर उक्त ट्र्याक परीक्षण गरिएपछि अब बिहीबार ९असोज १० देखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको हो। 

उक्त सडक अवरुद्ध हुँदा देशभरि नै लगभग लामो दूरीका सार्वजनिक यातायात २० देखिदेखि ठप्प थिए। काठमाडौं जोड्नका लागि एकमात्रै हेटौडा सडक विकल्पका रुपमा छ। तर उक्त सडक पनि निकै साँघुरो र घुमाउरो भएका कारण केही दिन त्यो सडकमा पनि निकै चाप बढेको थियो। 

लामो समयपछि सडक खण्ड खुलेका कारण बिहानैदेखि काठमाडौं भित्रिने र उपत्यकाबाट बाहिरिने सवारीसाधनको चाप देखिएको छ। १७ दिनसम्म नागढुंगा–मुग्लिन सडक खण्ड ठप्प हुँदा उपत्यकामा खाद्यान्न, इन्धन र अत्यावश्यक वस्तुको आपूर्तिमा असर परेको थियो भने यात्रुले सास्ती खेप्नुपरेको थियो।