काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष तथा अष्ट्रेलियामा नेपाली मूलका अर्बपति शेष घले र उनकी पत्नीको फाउन्डेशनले बाढी प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
उनिहरुले स्थापना गरेको एमआईटी ग्रुप फाउन्डेसनले राष्ट्रिय बालअधिकार परिषदमार्फत उक्त रकम भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि खर्च गर्ने घोषणा गरेका छन्। त्यसका लागि परिषदसँग सम्झौता पनि भइसकेको घलेले सामाजिक सञ्जालमार्फत जनाएका छन्।
बाढी प्रभावित बालबालिकाहरूको शिक्षालाई केन्द्रमा राखेर उक्त सहयोग रकम परिषदमार्फत खर्च हुनेछ।
‘भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाहरूका लागि बाढीको पानी घट्दैमा त्यसको असर सकिँदैन। कतिपयका लागि त जीवन यसरी बदलिएको छ, जुन कुनै पनि बालबालिकाले भोग्नु नपरोस्’ उनले भनेका छन् ‘यी बालबालिका र तिनका परिवारले भोगेको पीडाले मेरी श्रीमती र मलाई गहिरोसँग छोएको छ। यो कठिन समयमा मात्र नभई आगामी वर्षहरूमा पनि उनीहरूलाई सहयोग गर्न पाउनुलाई हामीले आफ्नो अहोभाग्य ठानेका छौँ।’
उनले ती बालबालिकाहरूलाई कक्षा १२ सम्म पढाई तथा स्वास्थ्य र आवासजस्ता आवश्यकता परिपूर्ति गर्न आफ्नो फाउन्डेशनले सहयोग गरेको पनि बताएका छन्।
‘यस सहयोगले प्रत्येक बालबालिकाको अवस्था अनुसार शिक्षा, खाना, आवास, कपडा, स्वास्थ्य उपचार र अन्य आवश्यक खर्चहरू जुटाउन मद्दत गर्नेछ। हाम्रा लागि यो वित्तीय सहयोगभन्दा ठूलो कुरा हो। यो त यी बालबालिकाहरू हुर्कँदै गर्दा उनीहरूलाई निरन्तर साथ दिने र उनीहरूले भोगेका दुःखले उनीहरूको जीवनका अवसरहरू नछेकून् भन्ने सुनिश्चित गर्ने एउटा दीर्घकालीन प्रतिबद्धता हो’ उनले भनका छन् ‘सबैभन्दा महत्त्वपूर्ण कुरा, उनीहरूलाई कसैले बिर्सेका छैनन् भन्ने अनुभूति दिलाउन चाहन्छौँ।’
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति