अर्थतन्त्र जोगाउन सरकारले साथ दिनुपर्ने व्यबसायीको माग


अर्थतन्त्र जोगाउन सरकारले साथ दिनुपर्ने व्यबसायीको माग

नेपालगन्ज १९ चैत्र : कोरोनाले जर्जर बनेको अर्थतन्त्र जोगाउन सरकारले साथ दिनुपर्ने व्यबसायीले माग गरेकाछन् । नेपालगन्ज उद्योग बाणिज्य संघको २९ र ३० औं वार्षिक साधारण सभा सहभागि ब्यवसायीले यस्तो माग गरेका हुन् ।

कोरोना कहरपछि व्यबसायीले अर्थतन्त्र कमजोर बन्दै गएको भन्दै यसका लागि सरकारले आवश्यक कदम चाल्नु पर्ने उनीहरुले बताएका थिए ।

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले शनिबार नेपालगन्जमा आयोजित संघको वार्षिक साधारण सभाको उद्घाटन गरे ।

साधारण सभाको उद्घाटन शत्रमै महासचिव चिरञ्जीवी ओलीले वार्षिक प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

संघले सूचना तथा प्रविधि एप्सको उद्घाटन गरेको छ । अब अनलाइनबाटै नयाँ सदस्यता र नविकरण हुन्छ । संघको नेतृत्व गरेका दिवंगत चार जना अध्यक्षको फोटोमा माल्र्यापण गरिएको थियो ।

कोरोना कहरपछि भएको साधारणसभामा व्यबसायीले कमजोर बन्दै गएको अर्थतन्त्रका बारेमा छलफल गरेको नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।

कोरोनाले जर्जर बनेको अर्थतन्त्र जोगाउन सरकारले साथ दिनुपर्ने व्यबसायीको माग छ ।

यसैबीच, नेपालगन्ज उद्योग वाणिव्य संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कारबाट नेपाल समाचारपत्र दैनिक बाँके समाचारदाता कुमार श्रेष्ठ सम्मानित भएका छन् ।

उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको वार्षिक साधारण सभामा संघका अध्यक्ष अब्दुल वाहित मन्सुरी (चुन्ना) लगायतले नगर १५ हजारसहित श्रेष्ठलाई दोसल्ला ओडाएर सम्मान गरे ।

त्यस्तै कार्यक्रममा जडिबुटी व्यवसायी राकेश जैन, उत्कृष्ट कर्मचारी आशा ढकाल सहित आठ जना व्यवसायीलाई सम्मान गरिएको थियो ।