बाँकेका स्थानीय तहमा कुन दलको कस्तो अवस्था ?


बाँकेका स्थानीय तहमा कुन दलको कस्तो अवस्था ?

नेपालगन्ज २८ चैत्र : नेपालमा संघीयता लागू भएपछि स्थानीय तहको दोस्रो पटक निर्वाचन हुँदैछ । आगामी वैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचन आउन अब ३२ दिन मात्रै बाँकी छ । स्थानीय तहका बहालवाला जनप्रतिनिधि देखि पूर्वप्रतिनिधिसम्मका दाबेदारहरु जनताको घरदैलोमा पुगेर चुनावी प्रचारप्रसार तीव्ररुपमा खटेकाछन् ।

स्थानीय तहका पार्टीका प्रतिनिधिहरु आ–आफ्नो क्षेत्रका सम्भावित उम्मेदवारको नामावली संकलन गर्ने र आकांक्षीहरु टिकटका लागि दौडधुपमा ब्यस्त छन् । बाँकेमा १ उपमहानगरपालिका, १ नगरपालिका र ६ वटा गाउँपालिकासहित ८ वटा पालिका रहेका छन् ।

अघिल्लो निर्वाचन अनुसार बाँकेमा सबैभन्दा बलियो नेकपा एमाले, त्यसपछि नेपाली काँग्रेस र तत्कालिन संघीय समाजबादी फोरम छन् । भने यस्तै माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । नेकपा एमालेले चार पालिका प्रमुख, तीन उपप्रमुख र २९ वटा वडाअध्यक्ष जितेका थियो भने काँग्रेसले दुई पालिका प्रमुख र चार उपप्रमुख र ३० वटा वडाअध्यक्ष जितेका थियो ।

यस्तै तत्कालिन संघीय समाजबादी फोरमले एक प्रमुख, एक उपप्रमुख र ८ वटा वडाअध्यक्ष जितेको थियो । भने माओवादी केन्द्रले १० वटा वडाध्यक्ष मात्र जितेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा पालिका प्रमुख र ३ वटा वडाअध्यक्ष जितेको थियो । राप्रपाले जितेको ३ वडा मध्ये २ वडाका वडाअध्यक्ष केहीदिन अघिमात्र कमल थापा नेतृत्व राप्रपा नेपालमा प्रवेश गरेकाछन् । भने तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल, (लोकतान्त्रिक) ले एउटा वडाअध्यक्ष जितेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

पालिका तहमा नेपाली काँग्रेसले राप्तीसोनारी र डुडुवा गाउँपालिकामा मात्र प्रमुख जितेको थियो । भने राप्तीसोनारी, डुडुवा, कोहलपुर र नेपालगन्जमा उप्रमुख जितेको थियो । एमालेले कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा र जानकी गाउँपालिकाको प्रमुख जितेको थियो । भने बैजनाथ, खजुरा र जानकीमा उप्रप्रमुख जितेको थियो ।

यस्तै संघीय समाजबादी फोरम नेपालले नरैनापुरमा प्रमुख र उपप्रमुख जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख जितेको थियो । संघीयतापछिको दोस्रो स्थानीय निर्वाचनको मुखमा आइपुग्दा बाँकेमा सत्तारुढ गठबन्धन एक ठाउँमा नरहने संकेत देखिएको छ । सत्ता गठबन्धनमा रहेका जनता समाजवादीबाहेकका दलहरु मात्रै गठबन्धन गर्नुपर्ने पक्षमा देखिएका छन् ।

केन्द्रमा गठबन्धन गर्ने निर्णय भएपछि बाँकेमा शुरु भएको गठबन्धन निर्माणको प्रयास करिब अन्तिम चरणमा पुगेको छ । स्थानीय निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे स्पष्ट नभएको काँग्रेसले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेपछि बाँकेमा त्यसको कसरत शुरु भएको थियो । यसका लागि बाँकेको विगतको मत अवस्था र हालको यथार्थ वस्तुस्थितिबारे लिखितरुपमा केन्द्रमा पठाउने तयारी भइरहँदा सत्ता गठबन्धनमा रहेको जनता समाजवादी बाँकेले भने जिल्लामा एक्लै लड्ने भन्दै गठबन्धनमा नबस्ने निर्णय गरेको छ ।

यता प्रमुख प्रतिपक्ष नेकपा एमाले निर्वाचनमा एक्लै जाने भन्दै अघि बढिरहेका बेला राजेन्द्र लिङदेन नेतृत्व राप्रपा र कमल थापा नेतृत्व राप्रपा नेपालले पनि एमालेसंग चुनावी तालमेलको कसरत गरिरहेकाछन् । निर्वाचनमा तालमेल र गठबन्ध भएपछि बाँकेको मत परिणा पनि गोलमोटोल आउने पक्का छ ।

बाँकेका स्थानीय तहमा कुन दलको कस्तो अवस्था ?

बैजनाथ गाउँपालिका

निर्वाचन आयोगको तथ्यांकअनुसार अनुसार अघिल्लो स्थानीय तह निर्वाचनमा बैजनाथ गाउँपालिकामा ९ हजार ७ सय ७२ मत ल्याइ नेकपा एमाले विजयी भएको थियो । एमालेका मानबहादुर रुचाल ठकुरीले नेपाली काँग्रेसका देवबहादुर खत्रीलाई हराएका थिए । ठकुरीका निकटतम प्रतिद्वन्द्वी खत्रीले ६ हजार ५ सय ७६ मत ल्याएका थिए ।

त्यति बेला यी दुई दलको ३ हजार १ सय ९६ मतको अन्तर थियो । जबकि तेस्रो शक्ति माओवादी केन्द्रका राजमोहन चौधरीले त्यतिबेला ५ हजार ३ सय ६३ मत ल्याएका थिए ।

यस्तै उपप्रमुखमा ९ हजार ७ सय ३८ मत ल्याइ नेकपा एमाले विजयी भएको थियो । एमालेकी शारदा कुमारी विश्वकर्माले नेपाली काँग्रेसकी भावना चौधरीलाई हराएकी थिइन् । विश्वकर्माकी निकटतम प्रतिद्वन्द्वी चौधरीले ७ हजार ३ सय ६६ मत ल्याएकी थिइन् ।

त्यतीबेला यी दुई दलको २ हजार ३ सय ७२ मतको अन्तर थियो । जबकी तेस्रो शक्ति माओबादी केन्द्रकी मिना कुमारी केसीले ४ हजर ३ सय ६५ मत ल्याएकी थिइन् ।

डुडुवा गाउँपालिका

डुडुवा गाउँपालिकामा ४ हजार ६ सय ९१ मत ल्याइ नेपाली काँग्रेस विजयी भएको थियो । काँग्रेसका नरेन्द्रले संघीय समाजबादी फोरम, नेपालका विजयबहादु यादवलाई हराएका थिए । नरेन्द्रका निकटतम प्रतिद्वन्द्वी विजयले ४ हजार एक सय ९२ मत ल्याएका थिए ।

त्यतीबेला यी दुई दलको ४ सय ९९ मात्र मतको अन्तर थियो । जबकी तेस्रो शक्ति एमालेका शकिल अहमद खाँले एक हजार ४ सय ६६ मत ल्याएका थिए ।

यस्तै उपप्रमुखमा ४ हजार ३ सय १५ मत ल्याई नेपाली काँग्रेस विजयी भएको थियो । काँग्रेसकी शाहिदा बानोले संघीय समाजबादी फोरम, नेपालकी जबिदा खातुनलाई हराएकी थिइन् । शाहिदाकी निकटतम प्रतिद्वन्द्वी जबिदाले ४ हजार एक सय ३४ मत ल्याएकी थिइन ।

त्यतीबेला यी दुई दलको एक सय ८१ मत अन्तर थियो । जबकी तेस्रो शक्ति एमालेकी कृष्णावती पाण्डेले एक हजार ४ सय ७० मत ल्याएकी थिइन ।

जानकी गाँउपालिका

जानकी गाउँपालिकामा ३ हजार ८३ मत ल्याई एमाले विजयी भएको थियो । एमालेका रामनिवास यादवले काँग्रेसका छब्बन खाँलाई हराएका थिए । रामनिवासका निकटतम प्रतिद्वन्द्वी छब्बनले ३ हजार ९ मत ल्याएका थिए ।

त्यतीबेला यी दुई दलको ७४ मत मात्रै अन्तर थियो । जबकी तेस्रो शक्ति संघीय समाजबादी फोरम, नेपालका नन्दकिशोर बर्मा(कुर्मी) ले २ हजार १ सय ५८ मत ल्याएका थिए ।

यस्तै उपप्रमुखमा ३ हजार ३ सय ८७ मत ल्याई एमाले विजयी भएको थियो । एमालेकी भुमिसरा धितालले काँग्रेसकी रामप्यारी यादवलाई हराएकी थिइन् । धितालकी निकटतम प्रतिद्वन्द्वी यादवले २ हजार ५ सय ५५ मत ल्यएकी थिइन् ।

त्यतीबेला यी दुई दलको ८ सय ३२ मत अन्तर थियो । जबकी तेस्रो शक्ति संघीय समाजबादी फोरम, नेपालकी सुन्दरी त्रिपाठीले २ हजार ६४ मत ल्याएकी थिइन ।

खजुरा गाउँपालिका

खजुरा गाउँपालिकामा ८ हजार ७० मत ल्याइ एमाले विजयी भएको थियो । एमालेका किस्मत कुमार कक्षपतिले माओबादी केन्द्रका डम्बर बहादुर विकलाई हराएका थिए । कक्षपतिको निकटतम प्रतिद्वन्द्वी विकले ६ हजार ८ सय ९२ मत ल्याएका थिए ।

त्यतीबेला यी दुई दलको एक हजार एक सय ७८ मत अन्तर थियो । जबकी तेस्रो शक्ति नेपाली काँग्रेसका मोहमद नकी खाँले ४ हजार ९ सय ५४ मत ल्याएका थिए ।

यस्तै उपप्रमुखमा ८ हजार २ सय १४ मत ल्याइ एमाले विजयी भएको थियो । एमालेकी एकमाया विकले माओबादी केन्द्रकी फिरोज बानो खाँलाई हराएकी थिइन् । बिकको निकटतम प्रतिद्वन्द्वी खाँले ६ हजार ४ सय ३३ मत ल्याएकी थिइन् ।

त्यतीबेला यी दुई दलको एक हजार ७ सय ८१ मत अन्तर थियो । जबकी तेस्रो शक्ति काँग्रेसकी दिलकुमारी आलेले ४ जार ७ सय ९७ मत ल्याएकी थिइन् ।

कोहलपुर नगरपालिका

कोहलपुर नगरपालिकामा ९ हजार ७ मत ल्याइ नेकपा एमाले विजयी भएको थियो । एमालेका लुटबहादुर रावतले काँग्रेसका भानुभक्त भट्टराईलाई हराएका थिए । लुटबहादुरका निकटतम प्रतिद्वन्द्वी भानुभक्तले ८ हजार ९ सय २४ मत ल्याएका थिए ।

त्यतीबेला यी दुई दलको ८३ मात्रै मत अन्तर थियो । जबकी तेस्रो शक्ति माओबदी केन्द्रका नरेन्द्र न्यौपानेले ६ हजार २ सय २१ मत ल्याएका थिए ।

यस्तै उपमेयरमा दश हजार ५६ मत ल्याई नेपाली काँग्रेस विजयी भएको थियो । काँग्रेसकी सञ्जु कुमारी थारुले एमालेकी कृष्णकुमारी थारुलाई हराएकी थिइन् । सञ्जुकी निकटतम प्रतिद्वन्द्वी एमालेकी कृृष्णले ९ हजार ३ सय ७९ मत ल्याएकी थिइन् ।

त्यतीबेला यी दुई दलको ६ सय ७७ मत अन्तर थियो । जबकी तेस्रो शक्ति माओबादीकी आइती भन्ने देवी कुमारी चौधरीले ४ हजार ९ सय ४९ मत ल्याएकी थिइन् ।

नरैनापुर गाउँपालिका

नरैनापुर गाउँपालिकामा ४ हजार ८० मत ल्याई संघीय समाजबादी फोरम, नेपाल विजयी भएको थियो । समाजबादी फोरमका इश्तियाक अहमद शाहले नेपाली काँग्रेसका रामचन्द्र मौर्य चौधरीलाई हराएका थिए । इश्तियाकका निकटतम प्रतिद्वन्द्वी रामचन्द्रले ३ हजार ३ सय ८८ मत ल्याएका थिए ।

त्यतीबेला यी दुई दलको ६ सय ९२ मत अन्तर थियो । जबकी तेस्रो शक्ति एमालेका विक्रम यादवले एक हजार ८ सय ७२ मत ल्याएका थिए ।

यस्तै उपप्रमुखमा ३ हजार ४४ मत ल्याइ संघीय समाजबादी फोरम, नेपाल विजयी भएको थियो । समाजबादी फोरमकी जयन्तिदेवि श्रीवास्तवले काँग्रेसकी अतीकुन निशालाई हराएकी थिइन । जयन्तिदेविकी निकटतम प्रतिद्वन्द्वी अतीकुनले २ हजार ५ सय ९८ मत ल्याएकी थिइन् ।

त्यतीबेला यी दुई दलको ४ सय ४६ मत अन्तर थियो । जबकी तेस्रो शक्ति एमालेकी सुनितादेवि यादवले २ हजार १ सय २३ मत ल्याएकी थिइन् ।

नेपालगन्ज उपमहानगरपालिका

नेपालगन्ज उपमहानगरपालिकामा १२ हजार ५ सय १५ मत ल्याइ राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको थियो । राप्रपाका डाक्टर धवल शम्सेर जङ्गबहादुर राणाले काँग्रेसका डाक्टर सुरेश कुमार कनोडियालाई हराएका थिए । डाक्टर राणाका निकटतम प्रतिद्वन्द्वी डाक्टर कनोडियाले ८ हजार ७ सय ३० मत ल्याएका थिए ।

त्यतीबेला यी दुई दलको ३ हजार ७ सय ८५ मत अन्तर थियो । जबकी तेस्रो शक्ति माओबादी केन्द्रका दामोदर आचार्यले ७ हजार एक सय ९८ मत ल्याएका थिए ।

यस्तै उपमेयरमा १० हजार ७ सय ३१ मत ल्याइ नेपाली काँग्रेस विजयी भएको थियो । काँग्रेसकी उमा थापाले राप्रपाकी रमारानी गुप्तालाई हराएकी थिइन । उमाकी निकटतम प्रतिद्वन्द्वी रमारानीले ८ हजार ९ सय २४ ल्याएकी थिइन ।

त्यतीबेला यी दुई दलको एक हजार ८ सय ७ मत अन्तर थियो । जबकी तेस्रो शक्ति एमालेकी शान्तिदेवि ढाकालले ७ हजार ७ सय ७३ मत ल्याएकी थिइन ।

राप्तीसोनारी गाउँपालिका

राप्तीसोनारी गाउँपालिकामा ८ हजार २ सय ३६ मत ल्याइ नेपाली काँग्रेस विजयी भएको थियो । काँग्रेसका लाहुराम थारुले एमालेका तुलसीराम थारुलाई हराएका थिए । लाहुरामका निकटतम प्रतिद्वन्द्वी तुलसीरामले ६ हजार ९ सय मत ल्याएका थिए ।

त्यतीबेला यी दुई दलको एक हजार ३ सय ३६ मत अन्तर थियो । जबकी तेस्रो शक्ति माओबादी केन्द्रका पट्टु थारुले ६ हजार ६ सय ६४ मत ल्याएका थिए ।

त्यस्तै उपप्रमुखमा ८ हजार २ सय ३ मत ल्याइ नेपाली काँग्रेस विजयी भएको थियो । काँग्रेसकी धनीकुमारी खत्रीले एमालेकी चमेली कुमावरी बाकवललाई हराएकी थिइन । धनीकुमारीकी निकटतम प्रतिद्वन्द्वी चमेलीले ६ हजार ९ सय २४ मत ल्याएकी थिइन् ।

त्यतीबेला यी दुई दलको एक हजार २ सय ७९ मत अन्तर थियो । जबकी तेस्रो शक्ति माओबादी केन्द्रकी आसमाली पुनमगरले ६ हजार ५ सय २९ मत ल्याएकी थिइन् ।