नेपालगन्ज २४ जेठ : राप्रपा महामन्त्री डाक्टर धवलशम्शेर राणा संगठन विभाग प्रमुखमा मनोनित भएका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार महामन्त्री राणालाई संगठन विभाग प्रमुख र अर्का महामन्त्री भुवनकुमार पाठकलाई अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा मनोनित गरेका हुन् ।
त्यस्तै उपाध्यक्ष बुद्धिमान तामाङ राजनीतिक विभाग प्रमुख, अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रशिक्षण विभाग प्रमुख र डाक्टर रामप्रसाद उप्रेती स्वास्थ्य विभाग प्रमुख मनोनित भएका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान मेयर समेत रहेका डाक्टर राणा राप्रपामा प्रभावशाली नेताका रुपमा परिचित छन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’