दैलेखमा घरघर घुसेर हँसिया प्रहार, एकजनाको मृत्यु, चारजना गम्भिर घाइते


सेतोखरी सेतोखरी   २९ मिनेट अगाडि
दैलेखमा घरघर घुसेर हँसिया प्रहार, एकजनाको मृत्यु, चारजना गम्भिर घाइते

नेपालगन्ज। दैलेखमा हँसिया प्रहार गरी एकजनाको हत्या भएको छ। उक्त घटनामा चार जना घाइते भएका छन्। 

जिल्लाको ठाटीकाँध गाउँपालिका–३ धनकोटमा हँसिया प्रहारबाट एक महिलाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार ठाटीकाँध गाउँपालिका–४ का ४० वर्षीय बमबहादुर रावलले हँसिया प्रहार गर्दा चैती पुन मगरको मृत्यु भएको हो। 

रावलले घरघरममा घुसेर अन्धाधुन्ध हँसिया प्रहार गर्दै हिँडेका थिए। स्थानीयका अनुसार उनि केही समयदेखि मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन्। 

घटनामा घाइते भएका चारै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनिहरूलाई उपचारका लागि सुर्खेत लगिएको छ। 

प्रहरीले घटनास्थल पुगेर घटनाबारे बुझ्ने प्रयास भइरहेको र हँसिया प्रहार गर्ने रावलको खोजी भइरहेको जनाएको छ।