नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गगन समूहले पैसामा पार्टीको आधिकारिकता किनेको आरोप लगाएका छन्।
‘इनम सापकोटाले १८ करोड भनेको छ । वाफ रे! सानो पैसा हो त्यो ?,’ आश्चर्य व्यक्त गर्दै पूर्वसभापति देउवाले प्रश्न गरे, ‘त्यो पैसा दिएर पार्टी किनिदियो । अब पैसामा पार्टी बेच्ने हामीले’ शनिबार उनको समूहले गरेको काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै देउवाले भने ‘उसबेला निर्वाचन आयोगमा पनि मुद्दा हालका थियौं हामीले। तर, निर्वाचन आयोगले, उसबेलाका प्रमुख आयुक्तले बाहिर जो न्युजमा आएको थियो है- मेरो ज्यानको खतरा भएको कारणले मैले दिएको भनेर बोलेका पनि छन्,’ उनले भने, ‘तर, त्यो महिला चाँहि (आयुक्त जानकी तुलाधर) नडराउने, उ डराउने कहीँ हुन्छ? पैसाको लेनदेन छ पैसाको। थाहा भइहाल्यो नि। त्यसबाट स्पष्ट भयो नि त।म विदेश भएको समयमा यता विशेष महाधिवेशन भयो । अब पार्टी सभापति म छु, मलाई निकालेको पनि छैन, मैले महाधिवेशन गराएको पनि छैन,’ उनले भने, ‘त्यसै कारणले हामीले अदालतमा मुद्दा हालेका हौं।’
उनले विशेष महाधिवेशनको इतिहास स्मरण गर्दै विगतमा सुवर्णशमशेर र बीपी कोइरालासमेत विशेष महाधिवेशनको पक्षमा रहेको उल्लेख गरे ।
‘काठमाडौँ जिल्लाको जो अधिवेशन भइरहेको छ, यो अत्यन्तै महत्त्वपूर्ण छ। अब मैले नबोली हुँदैन। यो विशेष महाधिवेशनको सम्बन्धमा मैले बोल्नैपर्ने कुरा के छ भने सुरुमा विशेष महाधिवेशन भएको बेला सुवर्णशमशेर सभापति हुनुहुन्थ्यो, उहाँले गराउनुभएको हो। बीपी कोइराला सभापति नभए पनि उहाँ पनि समर्थक हुनुहुन्थ्यो विशेष महाधिवेशनमा’ उनले भने।
देउवाले आफू सभापति रहेका बेला पनि विशेष महाधिवेशन विस्थापन गर्न नहुने धारणा राखेको बताए । उनले गगन थापालाई नियमित महाधिवेशनपछि मात्रै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउन सुझाव दिएको उल्लेख गरे ।
उनले भने, ‘यस बेला सभापति म थिएँ । मैले यस विशेष महाधिवेशनलाई पनि विस्थापन गर्न हुँदैन भनेको थिएँ । मैले गगनजीलाई के भनेको थिएँ भने, हेर्नुस्, नियमित महाधिवेशन सुरु गरौँ । सल्लाहअनुसार डेट तोकेर काम अगाडि बढाउनुस् । कार्यभार सम्हाल्ने, मैले पुरै जिल्ला डेट जारी गरिदिएँ, उहाँलाई कुरा गर्नुस्, यस्तो नगरौँ भन्दाखेरि विधानको प्रक्रियाबाट महाधिवेशन सुरु भयो।’
एनपिएल : लुम्बिनी लायन्सको अविजित यात्रामा ब्रेक लाग्यो, काठमाडौं गोर्खाज् दोस्रो स्थानमा
वाफ रे! १८ करोडमा पार्टी किनेको कुरा छ… : शेरबहादुर देउवा
दाङका गाेकर्ण डाँगीसहित चारजना सर्वोच्चको न्यायाधीशमा अनुमोदन
नेपाल फेस्टिभलमा अष्ट्रेलियाका प्रधानमन्त्री, नेपालीसँग अन्तरंग
दाङमा जीप दुर्घटना एकजनाको मृत्यु, ६ जना घाइते
सल्यान : नालामा खेलिरहेका दुई बालकको डुबेर मृत्यु