विज्ञान, प्रविधि र नयाँ खोजका बारेमा उत्प्रेरणा जगाउन हिमालयन साईन्स फेस्टिवल


विज्ञान, प्रविधि र नयाँ खोजका बारेमा उत्प्रेरणा जगाउन हिमालयन साईन्स फेस्टिवल

File Photo

नेपालगन्ज १ फागुन : हिमालयन साईन्स फेस्टिवलको दोस्रो संस्करण मङ्गलबारबाट नेपालगन्ज रंगशालामा सुरु हुँदैछ । हिमालयन साईन्स फाउण्डेशनले आयोजना गरेको फेस्टिवलले विद्यालय स्तरबाटै विज्ञान, प्रविधि र नयाँ खोजका बारेमा उत्प्रेरणा जगाउने अपेक्षाआयोजकले लिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गर्ने दोस्रो हिमालयन साईन्स फेस्टिवलमा करिब ५० वटा स्टल राखिने छ । जसमा कक्षा ८ देखि १२ सम्मका सरकारी र निजि विद्यालयका विद्यार्थीले आविष्कार गरेका विज्ञान र प्रविधिका ‘फोटोटाईप’ प्रोजेक्टहरु प्रदर्शनी गरिनेछ ।

फेस्टिवलमा सहभागी हुनेहरुले विभिन्न ९ विधामा आफनो प्रोजेक्ट प्रस्तुत गर्नेछन् । फेस्टिवललाई वालाबिज एजुकेशनल सर्भिसले मुख्य प्रायोजन गरेको छ, भने प्याब्सन बाँके, प्याब्सन नेपालगन्ज र विज्ञान शिक्षक समाज नेपालले सहयोग गरेको छ ।

सो फेस्टिवलमा विश्वको प्रख्यात ब्राण्ड अमेरिकन कम्पनी एप्पलका पुर्व सफ्टवेयर आर्किटेक्ट विजय गौतम र नेपाल एकेडेमी अफ साईन्स एण्ड टेक्नोलोजीको(नास्ट) सिनियर साइनटिस्ट डाक्टर टिस्टा प्रसाई जोशी निर्णायक रहेको हिमालयन फाउण्डेसनका अध्यक्ष तथा आतंक बस्नेत बताए ।

Kids Festival 2022
kanti aarogya hospital

‘विज्ञान र प्रविधिका क्षेत्रमा नौलो बहस छेड्नु र त्यस मार्फत विज्ञान, प्रविधि, खोज तथा अनुसन्धानका क्षेत्रमा राज्यको ध्यानाकर्षण गराउनु हाम्रो मुख्य ध्येय हो । यसका लागि यो कार्यक्रम एक कोसेढुङगा सावित हुनेछ । साथै कार्यक्रम मार्फत विद्यार्थी र शिक्षकहरुमा विज्ञानको भोक जगाउन जरुरी छ ।’– उनी भन्छन् ।

‘यसको मुख्य उद्देश्य भनेको अहिले जसरी हाम्रा बौद्विक सम्पतिहरु बाहिरिरहेका छन् । हो, यो अवस्थाको अन्त्य र भविष्यमा विश्वका अतिविकशित राष्ट्रहरुबाट पनि पढ्नको लागि आउने ठाँउ बन्न सकोस भन्ने नै हो । त्यसैको जग स्वरुप यो कार्यक्रमको आवश्यकता परेको हो । हाम्रो समाजलाई विज्ञान तथा प्रविधि तर्फ उन्मुख गराउनको लागि एकखालको मुभमेन्टका रुपमा यसलाई लिएका छौं ।’

नेपाल विज्ञान तथा प्रविधिका मामलामा एकदमै पछाडी परेको बताउँदै उनले यस आयोजनाबाट यस क्षेत्रको विकास गर्नका लागि मुभमेन्टका रुपमा कसरी यसलाई लैजान सकिन्छ भन्ने कुराको समेत गहन रुपमा कामहरुलाई अघि लिएर जाने बताए । साथै उनले यस कार्यक्रमको आफ्नै महत्व र आवश्यकता रहको समेत उल्लेख गरे ।

उनले सो आयोजनाले यसक्षेत्रलाई विज्ञान तथा प्रविधितर्फ उन्मुख गराउन यो कार्यक्रम एक खालको ‘झिल्को’का रुपमा काम गर्ने बताउदै यस फेस्टिवलले विद्यार्थीहरुलाई विद्यालय स्तरबाटै खोज र अनुसन्धानमा सक्रिय बनाउन प्रेरित गर्ने बताए ।

‘यसले शिक्षकहरुलाई पनि शैद्धान्तिक मात्रै नभएर विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउन तर्फ अभिप्रेरित गराउने छ । जसले भोलिका दिनहरुकमा कसरी अझ परिस्किृत रुपले यस क्षेत्रमा काम गर्न सकिन्छ भन्ने कुराको अनुभव पनि हुने छ । भने, यो राष्ट्रिय स्तरको आयोजना भएका कारण विज्ञान र प्रविधिका क्षेत्रमा काम गर्न र आवश्यक ऐनहरु ल्याउन एक प्रकारको दबाव सिर्जना हुनेछ ।’ बस्नेतले भने ।

नेपालको आर्थिक विकासमा विज्ञान र प्रविधि क्षेत्रले महत्वपुर्ण योगदान दिइरहेको बताउँदै अब नयाँ सम्भावना खोज्नको लागि राज्यले वातावरणको निर्माण गर्न ध्यान दिनु पर्ने सफटवेयर आर्किटेक्ट विजय गौतमले बताए । उनले भने,‘फेस्टिवलमा निर्णायकको रुपमा सहभागि हुन पाउँदा निकै खुसी लागेको छ । यसले मलाई विद्यालय स्तरमा मैले गरेका कामहरुको याद दिलाएको छ । सूचना र प्रविधिको क्षेत्रमा हामीलाई दक्ष जनशंक्तिको अभाव छ । यस्ता फेस्टिवलले विद्यार्थीलाई यस क्षेत्रमा लाग्न र लागिरहेकाहरुलाई उत्प्रेरणाको काम गर्छ । जुन हाम्रो देशका लागि निकै सकारात्मक कुरा हो ।’

नेपाल एकेडेमी अफ साईन्स एण्ड टेक्नोलोजीको(नास्ट) सिनियर साइनटिस्ट डाक्टर टिस्टा प्रसाई जोशीले राज्यले विज्ञान र प्रविधिलाई राजधानी बाहिरका जिल्लामा विस्तार गर्ने कार्यको सुरुआत गरिरहेको बेला फेस्टिवलले त्यसमा थप उर्जा थप्ने बताईन । उनले भनिन्,‘हामीले प्रदेश स्तरको संरचना निर्माण गर्ने कामको सुरुआत गरिसकेका छौं । नेपालगन्जमा यसरी फेस्टिवल आयोजना गरिनुले त्यसलाई थप बल पुग्नेछ । यस्ता फेस्टिवलले राज्यलाई नीतिगत रुपमा काम गर्नको लागि सहयोग गर्नेछ ।’

थप समाचार

हिमालयन साईन्स फेस्टिभलको दोस्रो संस्करण फागुनमा

एप्पलका विजय र नास्टकी टिस्टा नेपालगन्ज आउँदैं