एप्पलका विजय र नास्टकी टिस्टा नेपालगन्ज आउँदैं


एप्पलका विजय र नास्टकी टिस्टा नेपालगन्ज आउँदैं

नेपालगन्ज १४ माघ : विश्वको प्रख्यात ब्राण्ड अमेरिकन कम्पनी एप्पलका पुर्व सफ्टवेयर आर्किटेक्ट विजय गौतम र नेपाल एकेडेमी अफ साईन्स एण्ड टेक्नोलोजीको(नास्ट) सिनियर साइनटिस्ट डाक्टर टिस्टा प्रसाई जोशीले हिमालयन साईन्स फेस्टिवलको दोस्रो संस्करणमा निर्णायक मण्डलको भुमिका निर्वाह गर्ने भएका छन् ।

आइटी विज्ञ समेत रहेका इन्जिनियर गौतम अमेरिकन कम्पनी एप्पलमा काम गरेर नेपाल फर्किएका युवा हुन् । उनले पछिल्लो समय नेपालमा काम गरिरहेका छन् । यसैगरी नेपालको विज्ञान र प्रविधिको क्षेत्रको विकासमा काम गरिरहेको संस्था नास्टको सिनियर साइनटिस्ट टिस्टाले नेपालगन्जमा हुन लागेको फेस्टिवलमा निर्णायकको रुपमा काम गर्ने आयोजकले बताएको छ ।

निर्णायक मण्डलका लागि छनोट गरिएका दुई व्यक्ति नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा उच्च स्तरीय योगदान र सफलता हासिल गरेको व्यक्ति भएको फेस्टिवल आयोजक हिमालयन साईन्स फाउण्डेशनका अध्यक्ष आतंक वस्नेतले बताए ।

उनले भने, ‘हामी निकै उत्साही छौं । उहाँहरुले यस वर्षको फेस्टिवलमा निर्णायकको भुमिका निर्वाह गर्दै हुनुहुन्छ । हाम्रो प्रस्तावलाई उहाँहरुले स्वीकार गर्नु भएकोमा हामी खुसी छौ । यसले फेस्टिवलको उचाई बढाउँदैं पश्चिम नेपालमा विज्ञान र प्रविधि क्षेत्रको विकासमा ठुलो योगदान पुग्नेछ ।’ हिमालयन साईन्स फाउण्डेशनको आयोजनामा आगामी फागुन २ र ३ गते नेपालगन्जमा हिमालयन साईन्स फेस्टिवल हुँदैछ ।

Kids Festival 2022
kanti aarogya hospital

फेस्टिभलले युवा वैज्ञानिकहरुको प्रतिभा सार्वजनिक गदै हौसला अभिवृद्धिमा सहयोग पुग्ने आयोजक हिमालयन साईन्स फाउण्डेशनका अध्यक्ष आतंक बस्नेतले बताए । ‘लेट्स हयाभ अ मोमेन्ट अफ साईन्स’ भन्ने नाराका साथ हुन लागेको विज्ञान र प्रविधि महोत्सवले विज्ञान र प्रविधिको विकासबाट राष्ट्रनिर्माणमा योगदान दिने उद्देश्य लिएको बस्नेतले बताए ।

नेपालगन्ज रंगशालामा हुन लागेको फेस्टिभललाई वालाबिज एजुकेशनल सर्भिसले मुख्य प्रायोजन गरेको छ भने प्याब्सन बाँके, प्याब्सन नेपालगन्ज र विज्ञान शिक्षक संघले सहयोग गरेको छ । फेस्टिवलमा करिब ५० वटा स्टल राखिने छ । जसमा कक्षा ८ देखि १२ सम्मका सरकारी र निजि विद्यालयका विद्यार्थीले आविष्कार गरेका विज्ञान र प्रविधिका प्रोजेक्टहरु प्रदर्शनी गरिनेछ । फेस्टिभलमा सहभागि हुनेहरुले विभिन्न ९ विधामा आफनो प्रोजेक्ट प्रस्तुत गर्नेछन् ।

पछिल्लो समय तयारीलाई तिव्र गतिमा अगाडी बढाईरहेको आयोजक टिमले विज्ञान र प्रविधिलाई राज्यले प्राथमिकतामा राख्नु पर्ने भन्दैं विभिन्न उच्च स्तरीय व्यक्तिहरुलाई सल्लाह र सुझाव दिईरहेको छ । नितिगत रुपमा राज्यले विज्ञान र प्रविधिलाई प्राथमिकता दिए नेपालले छिटै आर्थिक प्रगति हासिल गर्न सफल हुने अध्यक्ष बस्नेतले विश्वास व्यक्त गरे ।

साईन्स फेस्टिभलले देशको विकासमा ठुलो योगदान गर्न सक्ने आयोजक हिमालयन साईन्स फाउण्डेशनका अध्यक्ष बस्नेतको भनाई छ । उनले भने, ‘मानव सभ्यतालाई विकसित बनाउन सबैभन्दा ठुलो भुमिका ज्ञानको खोज, विज्ञान र प्रविधिको विकास हो । अन्य देशहरुले अन्तरिक्षमा वस्ती बसाउने योजना बनाईसकेका छन् । तर हाम्रो देशमा विज्ञान र प्रविधि विकासको गति दयनीय छ । राज्य संचालन गर्ने निकायले यो क्षेत्रलाई उपेक्षा गर्ने गरेको छ । विज्ञान र प्रविधिको विकास बिना देशको विकास सम्भव छैन । यो कुरा बहसको विषय बन्नु जरुरी छ ।’