बागेश्वरीमा ‘महाआरती’ : नगरबासीको धार्मिक आस्थाप्रति रुचि बढ्दै


बागेश्वरीमा ‘महाआरती’ : नगरबासीको धार्मिक आस्थाप्रति रुचि बढ्दै

File Photo

नेपालगन्ज १५ फागुन : नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा सुरु भएको साप्ताहिक ‘महाआरती’ ले धार्मिक पर्यटन प्रर्वद्धन गरेको छ ।

प्रत्येक साताको सोमबार हुने महाआरतीमा सहभागी हुन भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको छ । महाआरतीमा नेपालगन्ज नगरबासीलगायत टाढा–टाढाबाट स्वःस्फुर्तरूपमा भक्तजन सहभागी हुने गरेका छन् ।

बागेश्वरी मन्दिरमा पाँचौ महाआरतीमा सोमबार धेरै भक्तजनको घुइँचो लागेको बागेश्वरी गुठी व्यवस्थापन समितिले जनाएको छ । पण्डित वा बटुकद्वारा बैद्धिकमन्त्र उच्चारण गरी सङ्कल्पसहित पूजा अर्चना गरेर धार्मिक विधिअनुसार महाआरती गरिने बागेश्वरी मन्दिरका मूल महन्थ चन्दननाथ योगी बताउँछन् ।

उनका अनुसार महाआरतीमा तीन जना पण्डितले चारै दिशातर्फ फर्किएर आरतीका विधि पूरा गर्ने र सन्ध्या आरतीपछि भजन कीर्तन पनि गर्ने गरिएको छ । महाआरतीमा सहभागी हुँदा पितृमोक्षका साथै मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

‘वेष्टर्न ट्राभल मार्ट’को अवसरमा गत माघ १५ गतेदेखि साप्ताहिक रूपमा बागेश्वरी मन्दिरमा महाआरती सुरु गरिएको थियो । ट्राभल एजेन्ट्स एशोसिएशन अफ नेपाल (नाट्टा) बाँके च्याप्टरको पहलमा बागेश्वरी गुठी व्यवस्थापन समिति र नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा प्रत्येक हप्ताको सोमबार अपराह्न ५ बजेपछि महाआरती हुने गरेको छ ।

महाआरतीको अवसरमा बागेश्वरी मन्दिर परिसरमा भक्तजनले स्वःस्फुर्तरूपमा भजन कीर्तन र नाचगान गर्ने गरेका छन् । बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीले धार्मिक पर्यटक प्रवद्र्धनमा सघाउ पुगेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल बताउँछन् ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बागेश्वरी मन्दिरमा महाआरती सञ्चालन गर्न नेपालगन्ज उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिए । महाआरतीले धार्मिक पर्यटन प्रवद्र्धनका साथै नगरबासीमा धार्मिक आस्थाप्रति रुचि बढ्ने उनको भनाइ छ ।

कहाँ–कहाँ हुन्छ महाआरती ?

महाआरती नेपाल र भारतका धेरै स्थानमा हुने गरेको छ । हिन्दु आराध्यदेव महादेवको काठमाडौंस्थित विश्व प्रसिद्ध पशुपतिनाथको मन्दिरमा बागमति नदीको किनारमा भव्य महाआरती हुुन्छ । पशुपतिनाथको महाआरतीमा सहभागी हुने सबैको मन मस्तिष्कमा आरतीको छाप परेको हुनुपर्छ । मधेस प्रदेशको जनकपुरको गंगासागरमा नित्य सन्ध्या आरती हुँदै आएको छ ।

यस्तै नारायणगढ बजार नजिकै नारायणी नदी किनारमा र पोखरामा पनि फेवाताल किनारमा महाआरती भइरहेको छ । भारतको हरिद्वार र बनारसमा पनि नियमित आरती हुन्छ ।

पण्डित वा बटुकद्वारा बैद्धिक मन्त्र उच्चारण गरी सङ्कल्पसहित पूजाअर्चना गरेर धार्मिक विधि अनुसार महाआरती गरिन्छ । महाआरतीमा तीन जना पण्डितले चारै दिशातर्फ फर्किएर आरतीका विधि पूरा गर्छन् । सन्ध्या आरतीपछि भजन किर्तन पनि हुन्छ । महाआरतीमा सहभागी हुँदा पितृमोक्षका साथै मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

थप समाचार

बागेश्वरी मन्दिरमा दोस्रो पटकको ‘महाआरती’

बागेश्वरी मन्दिरमा पहिलोपटक महाआरती