नेपालगन्ज १५ माघ : बाँकेको नेपालगन्जमा अवस्थित पश्चिम नेपालकै प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा महाआरती शुरु गरिएकोछ ।
बागेश्वरी गुठी व्यवस्थापन समितिको संयोजनमा पहिलोपटक मन्दिरमा महाआरती गरिएको हो । आईतबारदेखी सञ्चालनमा आएको वेष्टर्न ट्राभल मार्टका अवसरमा महाआरती गरिएको हो । योसंगै अब बागेश्वरी मन्दिरमा हप्तामा एकपटक र केही समयपछि दैनिकरुपमा महाआरती गर्नेगरि तयारी शुरुवात गरिएकोछ ।
गुठी व्यवस्थापन समितिका संयोजक एवम सांसद डाक्टर धवलशमशेर राणाले लामो समयको प्रयासपछि बागेश्वरी मन्दिरमा महाआरती गर्न सकिएको भन्दै खुशी ब्यक्त गरे ।

कोहलपुरको जानकी मन्दिरमा रहेका १२ जना बटुकले मन्त्रोचारण गरेर महाआरती गरेका थिए । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, मन्दिरका मूल महन्त चन्दननाथ योगी, नाट्टा बाँके च्याप्टर अध्यक्ष एवम् वेष्टर्न ट्राभल मार्टका संयोजक श्रीराम सिग्देल, गुठीका पदाधिकारी, वेष्टर्न ट्राभल मार्टमा सहभागी हुन आएका भारत र नेपालका पर्यटन ब्यवसायी, अन्य जनप्रतिनिधी, नेपालगन्जका नागरिक अगुवा, हिन्दु धर्ममा आस्था राख्ने ब्यक्तिको बाक्लो उपस्तिीमा महाआरती गरिएको थियो ।
मन्दिरमा दैनिक आरती भएपनि महाआरती हुने गरेको थिएन । धामिर्क पर्यटनको केन्द्र विन्दू बागेश्वरीमा पश्चिम नेपाल घुम्न आउने पर्यटकहरु एकपटक दर्शन गर्न आउनेगर्छन् ।
नेपालगन्जलाई धार्मिक पर्यटकीय दृष्टिकोणले एउटा महत्वपूर्ण गन्तव्यका रुपमा जोड्न महाआरती थालनी गरिएको पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?