बागेश्वरी मन्दिरमा पहिलोपटक महाआरती


बागेश्वरी मन्दिरमा पहिलोपटक महाआरती

नेपालगन्ज १५ माघ : बाँकेको नेपालगन्जमा अवस्थित पश्चिम नेपालकै प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा महाआरती शुरु गरिएकोछ ।

बागेश्वरी गुठी व्यवस्थापन समितिको संयोजनमा पहिलोपटक मन्दिरमा महाआरती गरिएको हो । आईतबारदेखी सञ्चालनमा आएको वेष्टर्न ट्राभल मार्टका अवसरमा महाआरती गरिएको हो । योसंगै अब बागेश्वरी मन्दिरमा हप्तामा एकपटक र केही समयपछि दैनिकरुपमा महाआरती गर्नेगरि तयारी शुरुवात गरिएकोछ ।

गुठी व्यवस्थापन समितिका संयोजक एवम सांसद डाक्टर धवलशमशेर राणाले लामो समयको प्रयासपछि बागेश्वरी मन्दिरमा महाआरती गर्न सकिएको भन्दै खुशी ब्यक्त गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोहलपुरको जानकी मन्दिरमा रहेका १२ जना बटुकले मन्त्रोचारण गरेर महाआरती गरेका थिए । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, मन्दिरका मूल महन्त चन्दननाथ योगी, नाट्टा बाँके च्याप्टर अध्यक्ष एवम् वेष्टर्न ट्राभल मार्टका संयोजक श्रीराम सिग्देल, गुठीका पदाधिकारी, वेष्टर्न ट्राभल मार्टमा सहभागी हुन आएका भारत र नेपालका पर्यटन ब्यवसायी, अन्य जनप्रतिनिधी, नेपालगन्जका नागरिक अगुवा, हिन्दु धर्ममा आस्था राख्ने ब्यक्तिको बाक्लो उपस्तिीमा महाआरती गरिएको थियो ।

मन्दिरमा दैनिक आरती भएपनि महाआरती हुने गरेको थिएन । धामिर्क पर्यटनको केन्द्र विन्दू बागेश्वरीमा पश्चिम नेपाल घुम्न आउने पर्यटकहरु एकपटक दर्शन गर्न आउनेगर्छन् ।

नेपालगन्जलाई धार्मिक पर्यटकीय दृष्टिकोणले एउटा महत्वपूर्ण गन्तव्यका रुपमा जोड्न महाआरती थालनी गरिएको पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।