जान्नुहोस् होलीको रंगले हुनसक्ने असर


जान्नुहोस् होलीको रंगले हुनसक्ने असर

नेपालगन्ज सदरलाईनमा बेच्न राखिएका होलीका सामाग्री । तस्विरः विजय मल्ल/सेतोखरी

नेपालगन्ज २१ फागुनः होली पर्वको उमङ्गले सबैलाई छोएको छ । होली पर्वमा दिनभर खेलिने रङले तपाईंको अनुहारमा विभिन्न असर पार्न सक्छ । होली खेल्दा प्रयोग गरेको विभिन्न किसिमका रंग र इनामेलका कारण तपाईको अनुहारको वास्तविक चमक उड्नुका साथै घाउखटिरा समेत आउन सक्छ ।

अनुहारको छाला निकै संवेदनशील हुन्छ । यस्तै होलीमा प्रयोग गरिएको गुणस्तरहीन रंगमा विभिन्न किसिमको केमिकलहरु मिलाइएको हुन्छ । जसले शरीरको छाला तथा अनुहारमा समस्या आउन सक्छ ।

होलीको रंगले हुनसक्ने असर

– एलर्जी हुने ।
– पानीको फोका आउने ।
– छाला पत्र–पत्र भएर निस्किने ।
– आँखा तथा मुख सुन्निने।
– छाला पोल्ने समस्या देखिन सक्छ ।

Kids Festival 2022
kanti aarogya hospital

होली खेलेपछि छालाको हेरचाह यसरी गरौं

– रंग तथा इनामेल लगाएको छ भने घाममा धेरै समय बस्नु हुँदै ।
– होली खेलिसकेपछि साबुनपानीले राम्रोसँग धुनुपर्छ ।
– अनुहारमा रंग तथा इनामेल धेरै समय नराख्ने ।
– रंग मेट्दा कपडा वा कुनै वस्तुले रगड्नु हुँदैन ।
– रंग नमेटिएमा मोस्चलाइजर क्रिमको सहायताले विस्तारै मेट्न सकिन्छ ।
– रंगका कारण छाला पोल्ने समस्या देखिएमा मोस्चलाइजर क्रिम लगाउनुपर्छ ।
– रंगका कारण एलर्जी हुने, छाला रातो हुने पोल्ने फोका आउँने समस्या देखिएमा छालारोग विशेषज्ञ चिकित्सकको परार्मशमा औषधि उपचार गर्नुपर्छ । यद्यपी होली खेल्दा विभिन्न सावधानी अपनाउनु पर्छ ।

होलीको रङ छ्याप्दा वा सोबाट बच्न खोज्दा हुनसक्ने दुर्घटनाले ज्यानसमेत जानसक्ने भएकाले यसतर्फ सजग र सचेत हुन जरुरीछ ।

यस्तै, प्रायःजसो सबै रंगमा हुने रसायनले शरीरको नरम छालामा एलर्जी गराउने गर्छ । फलस्वरूप छाला रातो हुने, चिलाउने, रातो डाम बस्ने हुन सक्छ । आँखामा प्रवेश गरे चिलाउने, रातो हुने, पानी बग्ने, हुन सक्छ । त्यस्तै कानमा प्रवेश गरे चिलाउने र पछि गएर कान पाक्नेसम्म हुन सक्छ । हुन त वैज्ञानिक दृष्टिकोणबाट शरीरलाई कम असर पुग्ने किसिमले रंग बनाइएका हुन्छन् । रंगमा पाइने विशाक्त रसायनका अणु एकअर्कासँग कसिएर बाँधिएका हुन्छन् । जसका कारण शरीरमा असर पर्दैन ।

नीलो रंगमा हुने विषाक्त साइनाइड, आइरनसँग कसिएर बाधिएको हुन्छ । तसर्थ शरीरमा विषको कुनै प्रभाव हुँदैन । तर, यी रंगहरूले शरीरमा एलर्जी गर्ने प्रचुर सम्भावना रहन्छ । होलीका नाममा प्रयोग गरिने सिल्भर पेन्टमा हुने एलमुनियम ब्रोमाइडले एलर्जीका साथै क्यान्सर हुने सम्भावना बढाउँछ ।

त्यस्तै, होलीमा गलत नियतका साथ प्रयोग गरिने कालो मोसो, मोबिल, फोहोर पानी विकृति मात्र होइन, यसले शरीरमा गम्भीर नकारात्मक असर पार्न सक्छ ।

फोहोर पानीमा शरीरमा घातक जीवाणुको संक्रमण हुन सक्छ । साथै छिट्टै एलर्जी हुन सक्छ । होली खेल्दा घरका भित्ता नबिग्रने गरी एक खुला ठाउँमा आफूले चिनेको साथीभाइ तथा आफन्तसँग मात्र खेल्नु उपयुक्त हुन्छ ।

थप समाचार

बाँकेमा होली लक्षित सुरक्षा सर्तकता : सीमामा ‘डग स्निफिङ’ देखि क्विक रेस्पोन्स टिम परिचालित

होलीमय नेपालगन्ज