सांकेतिक तस्विर
नेपालगन्ज २४ फागुन : बाँकेमा महिला र बालबालिकामाथि हुने घटना स्वरुप डरलाग्दो पाइएकोछ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सार्वजनिक नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ मा महिला र बालबालिकामाथि हुने घटनाको डरलाग्दो स्वरुपा देखिएको हो ।
यस वर्ष बाँके जिल्लामा मानवअधिकार उल्लङ्घनका घटनामा राज्यपक्षबाट २ जना महिला र १७ जना पुरुष तथा ज्यादतीका घटनामा अन्यपक्षबाट एक सय १५ जना महिला र १४ जना पुरुष पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)द्वारा सार्वजनिक नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ मा उल्लेख भएको पाइएकोछ ।
जसमध्ये बालअधिकार उल्लङ्घनका घटनामा ३४ जना बालबालिका तथा महिला अधिकार उल्लङ्घनका घटनामा ७३ जना महिला पीडित भएको पाइएको छ । बाँकेको एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिकामा उक्त घटना भएका हुन् ।
इन्सेकको वर्ष पुस्तक अनुसार बाँकेमा बालअधिकार उल्लङ्घनका घटना अन्र्तगत सबै भन्दा बढि बालिका पीडित भएको पाइएको छ । एक जना बालकसहीत ३४ जना बालबालिकामाथि उक्त घटना भएको हो ।
वर्ष पुस्तकमा संकलित तथ्यांक अनुसार २ वटा बालिकाको बालविवाह, ४ जना बालिका बेचविखन तथा ओसारपसार, २१ जना बालिका बलात्कार तथा ६ जना बालिका र १ जना बालकमाथि यौन दुव्र्यवहारको घटना भएको पाइएको छ ।
यसैगरी महिला अधिकार उल्लङ्घनका घटनामा ४ जना महिला बेचबिखन तथा ओसारपसार प्रयास, १९ जना घरेलु हिंसा पीडित हुँदा एक जना बोक्सीको आरोपमा पीडित बन्दा बहुविवाहमा २२ जना, २४ जना बलात्कार हुँदा एक जनामाथि बलात्कार प्रयास भएकोछ । २ जना महिलाको बेचविखन तथा ओसारपसार भएको घटना उल्लेखछ ।
अभिलेखित घटनामध्ये बलात्कारका १९ घटनाका आरोपितलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको र ४ वटा घटनाका आरोपीलाई धरौटीमा रिहा गर्दा एक घटनाका आरोपित वर्षको अन्त्यसम्म प्रहरी अनुसन्धानमै रहेको पाइएकोछ ।
बलात्कार प्रयासका एक घटनाका आरोपितलाई कैद तथा जरिवाना र एक घटनाका आरोपितलाई सफाई दिएको छ । बहुविवाह घटनाका एक आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउँदा पाँच घटनाका आरोपितलाई धरौटीमा रिहा गरिएकोछ । यस्तै १२ घटनाका आरोपित वर्षको अन्तिमसम्म गिरफ्तार नभएको ईन्सेकको वर्ष पुस्तकमा उल्लेखछ ।
यस्तै महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव र दुव्र्यवहारका घटनामा यस वर्ष घरेलु हिंसा पीडित भन्दै २ सय ६० जना महिलाले जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दर्ता गराएको पाइएकोछ । जसमा कुटपिट गरी घरनिकाला गरिएका एक सय ८२, खानलाउन नदिएको ६, विवाह दर्ता, जन्मदर्ता र नागरिकता नबनाएका ४, अर्की पत्नी ल्याएर हेला गरेको एक र सामान्य घरायसी झगडाका ५३ उजुरी रहेको इन्सेक वर्ष पुस्तकमा उल्लेखछ ।
दर्ता भएका महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव र दुव्र्यवहारका घटनामध्ये प्रहरीले एक सय १८ वटामा मेलमिलाप गराएको छ भने मेलमिलाप हुन नसकेका ३६ वटा मुद्दा अदालती दर्ता प्रक्रियामा गएको र १ सय ३६ वटा घटनाका उजुरी प्रक्रियामा रहेको पाइएकोछ ।
इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले सन् २०२१ मा भन्दा सन् २०२२ मा मानवअधिकार उल्लंघनका घट्ना बढ्नु दुःखदायी भएको बताए । मानव अधिकार उल्लंघनका घटना सरकारी निकायमा रहेकाबाट हुने र राज्यले संरक्षण गर्न नसक्दा राज्यका निकायबाहेकबाट ज्यादती हुने गरेको उनको भनाइ छ ।
संविधानमा मौलिक हकको व्यवस्था भए पनि कार्यान्वयन नहुनु, कानूनको कार्यान्वयन नहुनु, राज्यका निकाय कमजोर हुनु, संवैधानिक निकाय कमजोर हुँदै जाँदा मानव अधिकार उल्लंघनका घटना बढ्दै गएको उनको विश्लेषण छ । लुम्बिनी प्रदेशमा विभिन्न घटनामा परी २ सय ४३ बालबालिका पीडित भएको र एक हजार ६ सय २३ महिला हिंसामा परेको उक्त तथ्यांकले देखएको छ ।
रुकुमपश्चिम दुर्घटनास् दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा