File Photo
नेपालगन्ज १५ चैत्र : बाँकेमा वैज्ञानिक वन व्यवस्थापनका नाममा दुई हजार ४ सय ९६ वटा रुख काटिन लागिएकोछ । बाँकेका विभिन्न १२ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन शुरु भएको छ । तीमध्ये पनि ११ सामुदायिक वनमा पुराना र बुढा रुखको कटान र नयाँ रुखको संरक्षण हुने गरी काम शुरु गरिएको बताइएकोछ ।
जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार स्थानीय रुपमा रोजगारी सिर्जना गर्ने, वनको उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य छ । वैज्ञानिक वन व्यवस्थापन सुरु भएको वनमा स्थानीय उपभोक्ताले पुराना रुख कटानको काम गरिने छ ।
वन व्यवस्थाबाट दाउरा सहज उपलब्ध हुने, स्थानीय वन पैदावरको संरक्षण हुने र वनको स्वच्छ र हराभरा हुने विश्वास लिएको उल्लेख गर्दै सहायक वन अधिकृत खड्काले सो वन व्यस्थापनबाट नयाँ वनको परिकल्पना गरिएको बताए । विसं २०७३ मा बाँकेका १७ सामुदायिक वनमा लागू भएको वैज्ञानिक वन व्यवस्थापन अहिले १२ सामुदायिक वनमा मात्र लागू भएको छ ।
वन व्यवस्थापनमा कुन सामुदायिक वनमा कति रुख कटान गर्ने भन्ने निश्चित गरेर कटानको काम शुरु भएको छ । जय दुर्गा भवानी सामुदायिक वनमा तीन सय ७४ रुख कटान हुने र १५ हजार चार सय २७ दशमलव छ क्युफिट काठ र ४५ दशमलव ७८, कोटहीदेवी सामुदायिक वन उपभोक्ता समितिमा तीन सय २५ रुख कटान हुने र १५ हजार छ सय ९२ दशमलव ३२ काठ र ४९ दशमलव ९९ क्युफिट काठको व्यवस्थापन हुनेछ ।
हरलाफाँटा सामुदायिक वनमा ९४ रुख कटान हुने तीन हजार ९७६ दशमलव ६१ क्युफिट काठ र ११ दशमलव ६२ क्युफिट, सिद्धसाई कुमारी समुदायिक वनमा एक सय ३८ रुख कटान हुने छ हजार ३५ दशमलव ५२ क्युफिट काठ र १७ दशमलव सात क्युफिट तथा जनकल्याण सामुदायिक वनको एक सय ३९ रुख कटान हुने आठ हजार २५१ दशमलव ६० क्युफिट काठ र ३० दशमलव ३० क्युफिट दाउरा निस्कने बताइएको छ ।
यस्तै लालीगुराँस सामुदायिक वनको दुई सय १८ रुखको कटान हुने ११ हजार एक सय दुई दशमलव २२ क्युफिट काठ र ३६.६३ दाउरा, मधुवन सामुदायिक वनको एक सय ६० रुख कटान हुने छ हजार पाँच सय ४० दशमलव ३३ क्युफिट काठ र २० दशमलव २२ क्युफिट दाउरा, त्रिशक्ति सामुदायिन वनको दुई सय दुई रुख कटान हुने र आठ हजार पाँच सय ९५ दशमलव ९२ क्युफिट काठ र २८ दशमवल ६९ क्युफिट दाउराको व्यवस्थापन हुनेछ । अशोक सामुदायिक वनको तीन सय १५ रुख कटान हुने १४ हजार एक सय २९ क्युफिट काठ र ३५ दशमलव ३० क्युफिट दाउरा निस्कनेछ ।
जनमुखी सामुदायिक वनको दुई सय ९७ रुख कटान हुने २२ हजार ८३ दशमलव ७६ क्युफिट काठ र ७३ दशमलव ५१ क्युफिट दाउराको व्यवस्थापन हुनेछ । हरियाली सामुदायिक वनमा दुई सय ३४ रुख कटान हुने १३ हजार नौ सय ८४ दशमलव ९० क्युफिट काठ र ४१ दशमलव ९७ क्युफिट दाउरा उत्पादन हुनेछ । जिल्ला वन कार्यालय, बाँकेका अनुसार वैज्ञानिक वन व्यवस्थापनको काम राप्तीसोनारी गाउँपालिकामा मात्रै लागू छ ।
यसैबीच, वैज्ञानिक वन व्यवस्थापनका नाममा घना जंगलमा भएका काँचा रुखहरु व्यापक मात्रामा फँडानी गरिएको र वन विनास तीव्ररुपमा भएको भन्दै तत्कालिन केपी शर्मा ओली सरकारले २०७७ माघ ११ गते बसेको मन्त्रीपरिषद बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको थियो ।
वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज भएसँगै वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम स्वतः खारेज भएको थियो । करिब ८ वर्ष अघिदेखि कपिलवस्तु जिल्लाबाट सुरु भएको यो कार्यक्रम बाँके, डोटी, जुम्ला, रुपन्देही, ललितपुर, बारा, इलाम, धनुषा लगायतका ४४ जिल्लामा कार्यान्वयन गरिएको थियो ।
कुल वन क्षेत्रको ५१ प्रतिशत क्षेत्रमा उत्पादनमूलक वैज्ञानिक वन व्यवस्थापन गरी वार्षिक ६ देखि १२ करोड घनफिटसम्म काठ उत्पादन, १२ लाख ९५ हजारसम्मले वार्षिक रोजगारी र वार्षिक करिब एक खर्ब राजस्व आर्जन गर्ने लक्ष्य सो कार्यक्रमको थियो ।
यस्तै वैज्ञानिक वन व्यवस्थापनको अर्काे लक्ष्य विदेशबाट हुने काठ आयातलाई कम गरी व्यापार असन्तुलन कम गर्नु थियो । तर, ६ वर्षयता यसमा कुनै उपलब्धी हासिल नभएको र विदेशबाट काठ आयात हुने क्रम घट्नुको साटो वर्षेनि बढ्यो ।
कार्यक्रममा नाममा विशेषगरि तराईको जंगलका सालका रुखहरु सखाप पारियो भने पहाडी जिल्लामा सल्लाका रुखहरु सखाप गरिएको विभिन्न अध्ययनहरुको समेत निश्कर्ष छ । सामुदायिक वन व्यवस्थापन समितिका सदस्य र पदाधिकारी, ‘वनमाफिया’, ठेकेदार र तस्करको मिलोमतोमा आफूखुशी संरक्षित तथा लोपोन्मुख रुखविरुवा कटान र तस्करी हुने गरेकोछ ।
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ