काठमाडौं। बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मंगलबार काठमाडौंको बानेश्वरस्थित थापागाउँमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए। महिला प्रहरीका अनुसार ती युवाले आफू जेनजी भएकाे भन्दै महिलासँग हातपातमा उत्रिएका थिए।
उनका अनुसार पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भएका २७ वर्षीय राजु कठायत रहेका छन्। एसपी थापाले भने,आज बिहान व्यस्त समय (पिक आवर) मा थापागाउँस्थित सडकमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीले पैदलयात्रुलाई आकाशे पुलबाट बाटो काट्न अनुरोध गरेकी थिइन्। तर कठायतले ट्राफिक प्रहरीले भनेको स्थानबाट बाटो नकाट्ने भन्दै गालीगलौज गर्नुका साथै महिला प्रहरीमाथि हातपात गरेको थियो।’
घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको हो। प्रहरीले कठायतलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी थापाले जानकारी दिए।
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य