काठमाडौँ: आगामी असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ ।
दशैंलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङ खोलिने भएको हो ।
यातायात व्यवस्था विभागमा आज बसेको विभागका अधिकारी, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ ।
दसैं–तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जनाएको छ । यस पटकको दसैं तिहारका लागि भनेर नयाँ यातायात भने थपिएको छैन ।
यस्तै शनिबार बसेको बैठकले यातायात व्यवसायी राष्ट्रिय महासंघले टिकट काउण्टरमा बस्ने कमर्चारीलाई एउटै ड्रेस लगाउनुपर्ने नियम पनि लागू गरेको छ ।
महासंघले उपलब्ध गराएको पोशाक लगाएका र परिचयपत्र बोकेका कर्मचारीसँग मात्र टिकट लिन आग्रह गर्दै तोकिएको स्थानमा यातायातका कर्मचारीबाट मात्र टिकट लिन आग्रह गरिएकोछ ।