आज राष्ट्रिय बालदिवस, बालबालिकाको अवस्था उस्तै


आज राष्ट्रिय बालदिवस, बालबालिकाको अवस्था उस्तै

नेपालगन्ज: आज राष्ट्रिय बाल दिवस । बाँकेसहित देशभर विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ ।

‘सुनिश्चित बालअधिकारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ यस वर्ष राष्ट्रिय बालदिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदैछ ।

सरकारले प्रत्येक वर्ष भदौ २९ लाई बालदिवस घोषणा गरेर चेतनामुलक कार्यक्रम गर्दै आएको भएपनि अधिकारबाट बञ्चित भएका बालबालिकाको अवस्था भने सुधार हुन सकेको छैन् ।

बाँकेको तथ्यांकलाई हेर्ने हो भने अझैपनि बाल श्रमशोषणका घटना जारी रहेको, बालविवाहको दर उच्च रहेको, विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको छ । यस्तै नेपालगन्जमा रहेका सडक बालबालिकाको अवस्था पनि विकराल हुदै गएकोछ ।

झन पछिल्लो पटक १६ वर्षमै आफ्ना बालबालिकाको विवाह गरिन पाउनुपर्छ भन्दै जिल्ला प्रशासन र नेपालगन्ज उपमहानगरपालिकामा चरणबद्ध आन्दोलन गरेका बाँकेका महिलाहरुको समूहको कार्यले बालबालिकाको क्षेत्रमा क्रियाशिल सरकारी तथा गैरसरकारी निकायको कार्यशैलीमा माथि प्रश्न उठाएकोछ ।

सरकारले कानूनतः २० वर्ष मुनिको विवाहलाई अबैध भन्दै विवाह गर्नका लागि केटाकेटीको उमेर २० वर्ष हुनुपर्ने नीतिका विरुद्ध गरिएको कार्यले जिल्लामा बालबालिकाको अवस्था भयावह भएको प्रष्ट पारेकोछ ।

बाँकेसहित देशभर अहिले ५ हजारभन्दा बढी सडक बालबालिका रहेको एक तथ्यांकले बताउँछ । बालअधिकार स्थापना गर्ने भन्दै नेपालले बालअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि अनुमोदन गरेको थियो ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको थियो ।

बालश्रम ऐन, २०५६ र बालबालिका सम्बन्धी ऐेन, २०४८ ले १६ वर्षभन्दा कम उमेरकालाई बालबालिका मानेको छ ।

कानूनी व्यवस्थाको प्रभावकारी कर्यान्वयन नहुँदा बालबालिकमामाथि हुने दुव्र्यवहार, शोषण र शारीरिक तथा मानसिक यातनाको क्रम थप बढेर गएको छ ।

नेपालगन्ज उपमहानगरपालिका स्तरीय राष्ट्रि बालदिवस मूल समारोह समिति तथा नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा दिवसका अवसरमा आज नेपालगन्जमा प्रभातफेरीको आयोजना गरिएकोछ । नेपालगन्ज उपमहानगरपालिका प्राङ्गणबाट सुरु भएको प्रभातफेरीले नगर परिक्रमा गरेको थियो ।