संविधान दिवसका अवसरमा गनापुरमा वृक्षरोपण


संविधान दिवसका अवसरमा गनापुरमा वृक्षरोपण

नेपालगन्ज : जानकी गाउँपालिकाले बिहीवारदेखि शनिवारसम्म तीनदिन भव्यताका साथ विविध कार्यक्रम गरि संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसर पारेर जानकी गाउँपालिकाको गनापुर क्षेत्रमा पर्ने नेपालगन्ज–कोहलपुर चारलेन सडकमा शनिवार वृक्षरोपण गरेको छ । गाउँपालिकाका अध्यक्ष रामनिवास यादव, उपाध्यक्ष भूमिसरा धितालले विरुवा रोपेर वृक्षरोपण कार्यक्रमको शुभारम्भ गरे।

चारलेन सडकको हरियाली क्षेत्रमा करिव डेढसय विरुवा रोपिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले बताए।
उनका अनुसार, विरुवाको संरक्षणको लागि जालीको व्यवस्था गरिने र रेखदेखको लागि कर्मचारी खटाईने छ ।

नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले सुर्खेतरोडमा यसअघिनै वृक्षरोपण गरेका थिए । जानकी गाउँपालिका क्षेत्रमा पनि शनिबार नै वृक्षरोपण भएपछि नेपालगन्ज–कोहलपुर चारलेन सडक अव हरियाली हुने भएको छ ।

वृक्षरोपण कार्यक्रममा वडा नंं ६ का अध्यक्ष सुरेश यादव, ४ का अध्यक्ष विश्रामकुमार बर्मा, २ का अध्यक्ष चन्द्रिका गुप्ता, कार्यपालिका सदस्य राजकुमार धोवी, धर्मा थापा, विपती सुनार र गाउँपालिकाका सबैजसो कर्मचारीको उपस्थिति रहेको थियो ।

यसैबीच अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा जानकी गाउँपालिका बाँके र जनजागरण समाज खजुराको संयुक्त आयोजनामा शनिवार शान्तिका लागि विद्यार्थीको भूमिका विषयक निवन्ध प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा छात्रातर्फ ब्राईटस्टार ईङ्ग्लिस मिडियम बोडिङ्ग स्कूलकी प्रवृति पोखरेल प्रथम, बालविकास ईङ्ग्लिस मिडियम बोर्डिङ्ग स्कूलकी वर्षा गुप्ता द्वितीय र जानकी माविकी रीना साहु तृतीय भएको जानकी गाउँपालिका शिक्षा, खेलकुद तथा युवा शाखाका संयोजक खगेन्द्र मल्लले जानकारी दिए ।

उनका अनुसार छात्रतर्फ पनि ब्राईटस्टार ईङ्ग्लिस मिडियम बोडिङ्ग स्कूलका अनुसागर यादव प्रथम, बाल विकास ईङ्ग्लिस मिडियम बोडिङ्ग स्कूलका राज बर्मा द्वितीय र जानकी माविका प्रकाश धोवी तृतीय भएका छन् ।