भ्यूटावर गुणस्तरहीन


भ्यूटावर गुणस्तरहीन

नेपालगन्ज : बाँकेको कोहलपुरस्थित गोलपार्कमा निर्माण गर्न लागिएको भ्युटावरमा गुणस्तरहीन भएको स्थानीयले बताएका छन् ।
भ्यूटावर निर्माणमा गम्भिर लापरवाही भएकोले निर्माणसंगै फाउन्डेसन भत्कीएको छ ।

वर्षातका कारण भत्कीएको ठाँउमा सोलिङ गरेर पिसिसि गर्नुपर्नेमा हिलो माथि नै निर्माण कम्पनिले पिसिसि गरेर गम्भीर लापरवाही गरेको खुलासा भएको छ ।

पहिलो चरणको निर्माण जय भवानी निर्माण सेवा कोहलपुर ११ ले पाएको थियो । कोहलपुर नगरपालिका सव ईन्जिनियर महादेव जोशीले वर्षातका कारण निर्माण भई रहेको संरचना केही बिग्रिएको बताएका छन् ।

उनले संरचना भत्कीएकै कारण दोहरीएर निर्माण गनुपरेको बताए । उनले हिलो तथा पानि सफाई गरेपछि मात्र सोलिङ गरेर पिसिसि गर्न लगाईएको जानकारी दिए । निर्माण कार्यमा लापरवाही हुन नदिन आफु शनिवार पनि दिनभर कार्यक्षेत्रमा खटिएको जोशीले बताए ।

झण्डै ९ करोडको लागतमा निर्माण थालिएको कोहलपुर घण्टाघर भ्युटावरको सिभिल काम मात्रै ५ करोड ४० लाखको रहेको सव ईन्जिनियर जोशीले बताउँछन् ।