अबदेखि एटीएम बुथमा २४ अ‍ै घण्टा सुरक्षा गार्ड


अबदेखि एटीएम बुथमा २४ अ‍ै घण्टा सुरक्षा गार्ड

नेपालगन्ज: राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाले एटिएम बुथमा अनिवार्य रुपमा २४ सै घण्टा सुरक्षागार्ड राख्न समेत दिर्नेशन दिएको छ ।

पछिल्लो समय लगातार बैंकमा कहिले एटीएम ह्याक गरी पैसा निकाल्ने त कहिले ब्यालेन्ससिटनै हिट गरेर पैसा चोरी हुन थालेपछि राष्ट्र बैंकले बैंकहरुलाई विशेष सर्तकता अपनाउन निर्देशन दिएको छ ।

यदि बुथमा शंकास्पद गतिविधि भएमा सम्बन्धित अधिकारीलाई जानकारी गराउन पनि भनिएको छ ।

यस्तै हरेक बैंक तथा वित्तीय संस्थालाई सूचना प्रविधि सम्बन्धमा आकस्मिक सहायता समूह गठन गरी कार्यान्वयनमा ल्याउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । सोको जानकारी बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकलाई गराउनु पर्नेछ ।