नेपालगन्ज : बाँके प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था चुस्त राख्न निर्देशन दिएको छ ।
बाँके प्रहरीले दशै, तिहार लगायतका चाडपर्वको बेला हुनसक्ने आपराधिक घटना, दुर्घटना लगायतलाई ध्यानमा राख्दै आनो मातहतका प्रहरी यूनिटहरूलाई निर्देशन दिएको हो ।
चाडपर्वको समयमा बढी आपराधिक लगायतका घटना हुने भएकोले बाँके जिल्लाको समग्र सुरक्षा अवस्था कडा र प्रभावकारी बनाउँन जिल्ला प्रहरीले मातहतका सबे यूनिटलाई बिहीबारनै पत्राचारसहितको निर्देृशन दिएको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् ।
प्रहरी प्रधान कार्यालय काठमाडौंको सुरक्षा योजनासहितको परिपत्रका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओलीको निर्देशनमा प्रहरी निरीक्षक गिरीराज भण्डारीको हस्ताक्षरमा जिल्लाका सबै यूनिट (प्रहरी इकाई) मा दशैतिहार र छठ लगायतका पर्वको समयावधीमा सुरक्षा व्यव्स्था कडा तथा प्रभावकारी बनाउँन निर्देशन दिइएको छ ।
बुधबार मात्रै बाँके ट्राफिकले जिल्लाको ट्राफिक व्यवस्थापन र चाडपर्वमा हुने दुर्घटना रोकथाम यात्रुहरूको सुरक्षित यात्राका लागि सहायता कक्ष स्थापनादेखि विविध सुरक्षा योजना सार्वजनिक गरेको थियो । अन्य समयभन्दा चाडबाडका बेला अपराधिक गतिविधि बढी हुने प्रहरीको तथ्यांकले समेत देखाएकोछ ।