नेपालगन्ज: बाँकेको राप्तीपारीस्थित नरैनापुर गाउँपालिकमा सम्वादका लागि समन्वयात्मक बैठक गरिएको छ ।
सम्वाद सहयोगी समूह नरैनापुरको संयोजनमा सम्वाद समूह बाँकले जनप्रतिनिधी लगायत सरोकार पक्षसँग आवश्यक समन्वय र सहकार्यका लागि समन्वयात्मक बैठक गरेको हो ।
शान्ति सुरक्षा, सदभाव, सुशासन कायम र विकास निर्माणमा समेत सम्वाद प्रक्रिया बढाउदै आइरहेको समूहले नरैनापुरस्थित जनप्रतिनीधी, कर्मचारी, सुरक्षा अधिकृत, विद्यालयका प्रअ, मदरसाका शिक्षकबीच व्यापक परामर्श गरेको सम्वाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाई बताउँछन् ।
नरैनापुर गाउँपलिकाका प्रमुख मोहमद इस्तियाक अकमद शाहलको उपस्थितीमा सम्वाद, सम्वादको आवश्यक्ता, समन्वय र सहकार्यको विविध पाटोका बारे प्रकाश पार्दै हातेमालोको प्रतिवद्धता व्यक्त गरिएको छ ।
कार्यक्रममा आपसी समन्वय र सहकार्यको आवश्यक्तामा जोड दिइएको छ ।
नरैनापुर गाउँपालिकाका प्रमुख शाहले शान्ति, सदभाव र विकास निर्माणलाई प्राथमिकता दिइए पनि अशिक्षाले अपेक्षाकृत काम गर्न नसकिएको स्वीकार गरेका छन् ।