नेपालगन्ज : नेपालगन्जमा (आज)आईतबारदेखि रामलीला शुरु हुँदैछ । प्रत्येक वर्ष झैं यसपाली पनि विजयादशमीका अवसरमा नेपालगन्जको रामलीला मैदानमा रामलीला मञ्चन हुनेछ ।
रामलीला महोत्सव १ सय ५२ औं वर्षमा प्रवेश गरेको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई भब्य, सभ्य र सफल बनाउन कुनै कसर बाँकी नराखिएको रामलीला सञ्चालक समितिले जनाएको छ ।
नेपालगन्ज–१३ बाँके बगियामा आईतबार साँझ ८ बजेदेखि रामलीला प्रारम्भ हुनेछ । असोज २१ गतेसम्म सञ्चालन हुने रामलीलाको पुर्व सन्धयामा दिउँसो रामलीला मैदानबाट शोभा यात्रा निकालिनेछ । कार्यबाहक अध्यक्ष कानोडियाका अनुसार–शोभायात्रा रानीतलाउ त्रिभुवन,
सेतु विक, धम्वोझी, विपी हुँदै पुनः त्रिभुवन भएर रामलीला स्थानमा पुग्नेछ ।
रामलीला क्षेत्रमा सरसफाई, मैदान सम्याउने, साउण्ड सिष्टम, टेण्ट जडान लगायतका कार्य शनिबार अबेर राती सम्म भइसकेको सञ्चालक समितिका महामन्त्री जगदिश प्रसाद बैश्यले बताए ।
रामलीला सञ्चालक समितिका अध्यक्ष श्याम सुन्दर कनोडियाको अध्यक्षतामा यसअघि बसेको बैठकले रामलीला तयारी स्वरुप ६ वटा समिती निर्माण गरिएको थियो ।
सञ्चालक समितिका महामन्त्री जगदिश प्रसाद वैश्यका अनुसार कार्यालय तथा सचिवालय व्यवस्थापन, अर्थ संकलन, प्रचार प्रसार, मञ्च निर्माण र व्यवस्थापन, दर्शक व्यवस्थापन, मञ्च कार्यक्रम सञ्चालन उप समिती निर्माण लगायतका निर्णय गरिएका छन् ।