नेपालगन्ज : बाँकेको नेपालगन्ज उप–महानगरपालिकाले खरिद गरि ल्याएका नगर बसहरु बुधबारदेखि सडकमा गुड्न थालेका छन् ।
नेपालगन्ज कोहलपुर सडक खण्डमा बुधबार परीक्षणका लागि बसहरु गुडाइएको हो ।
गत असारमै बसहरु खरिद गरि ल्याइएको भएपनि रुट परमिट लगायतको तयारीका कारण सञ्चालनमा ढिलाई भएको हो ।
बसमा महिलाहरुलाई सहचालकको रुपमा राखिएको छ । नगर बस महिला लक्षित कार्यक्रम अन्तर्गत सञ्चालन गर्न लागिएको हो । तीन करोड ४५ लाखमा सात वटा बस खरिद गरेको उपमहानगरपालिकाले बताएको छ ।