दशैं विदामा पनि बैंक खुला


दशैं विदामा पनि बैंक खुला

नेपालगन्ज: दशैंको फूलपाती (आज) देखि सार्वजनिक बिदा भएकोछ । यस अवधिमा अधिकांश कार्यालयहरु बन्द रहन्छन् । तर, बिदाको दिन पनि आम ग्राहकलाई निक्षेप झिक्न र राख्न सहज होस् भनी बैंक तथा वित्तीय संस्थाले बिदाको दिन पनि आफ्ना काउण्टरहरु खुला राख्ने भएका छन् ।

बाँकेको नेपालगन्जमा रहेका प्रायः बैकहरुको शाखा २ घण्टा देखि ४ घण्टासम्म खुला रहने भएका छन् ।

नेपालगन्जको धम्बोझीचोकमा रहेको नेपाल बंगलादेश बैंक पनि दशै अवधमिा खुलला रहनेछ । यो शाखा विहान ११ बजेदेखि दिउँसो एक बजेसम्म खुला हुने भएको छन् ।

सानिमा बैंकको नेपालगन्ज शाखा पनि असोज १९ र २० गते ११ बजेदेखि २ बजेसम्म खुला रहने बैंकले बताएको छ ।

प्रभु बैंक नेपालगन्ज शाखा असोज १८, १९ र २० गते खुला रहने छन् । यी कार्यालयहरु ११ बजेदेखि २ बजेसम्म खुला रहने छन् । सनराइज बैंक नेपालगन्ज शाखा १९ र २० गते खुला रहने छ ।

यसैगरी एनआईसी एशिया बैंकल नेपालगन्ज शाखा १९ गते खुला रहने छन् । बैंक ११ देखि २ बजेसम्म खुला रहनेछ । मेगा बैंक नेपालगन्ज शाखा १९, २० र २२ गते ११ बजेदेखि २ बजेसम्म खुला रहने छ ।

बैंक अफ काठमाडौँ नेपालगन्ज काउन्टर १८ गते १० देखि ३ बजेसम्म खुला रहने छ । स्ट्याण्डर्ड चार्टड बैंक नेपालगन्ज शाखा १९ गते ११ देखि २ बजेसम्म खुला रहने बैकले जनाएको छ ।

नबिल बैंक नेपालगन्ज शाखा असोज १८ गते १० देखि १ बजेसम्म खुला रहने छ । माछापुच्छ्रे बैंक असोज १८ गते नेपालगन्ज शाखा ११ देखि २ बजेसम्म खुला रहने छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक नेपालगन्ज शाखा १८ गते १० देखि १ बजेसम्म खुला रहने बैंकले बताएको छ ।