नेपालगन्ज : इन्धन क्षेत्र आयातमुखी र खपतउन्मुख भएका कारण मट्टीतेलबाहेक पेट्रोलियम पदार्थको वृद्धिदर तत्कालिन मध्यपश्चिम क्षेत्रमा उच्च देखिएको छ ।
देश संघीयतामा गएसँगै यस क्षेत्रमा आर्थिक गतिविधि र विकासका काम बढेका छन् । सवारी आयातमा उच्च वृद्धि भएको छ । तर, पेट्रोलियम पदार्थको कुनै स्रोत छैन । त्यसैले पनि खपत दर उच्च रूपमा बढेको नेपाल आयल निगम नेपालगन्ज डिपोका प्रमुख नवविनोद पोखरेल बताउँछन् ।
अहिले नेपालगन्ज डिपोमा पेट्रोल भण्डारण क्षमता २ सय १० किलोलिटर मात्रै रहेको उनी बताउँछन् । जुन दुई दिनका लागि मात्रै पुग्छ । मट्टीतेल भण्डारण क्षमता ७ सय ६० किलोलिटर रहेको छ । जुन १ सय २६ दिनलाई पुग्छ । त्यसैले निगमलाई पेट्रोल भण्डारण क्षमता बढाउनै पर्ने बाध्यकारी अवस्था देखिएको उनी बताउँछन् ।
अहिले निगमलाई सबैभन्दा ठूलो चुनौती भण्डारणको छ । कुनै कारणले तीन/चार दिन आपूर्ति असहज भएमा त्यसको व्यवस्थापन गर्न निगमलाई धौ–धौ पर्ने उनले बताए ।
उनकाअनुसार यही आवश्यकतालाई ध्यानमा राखेर निगमले ८० किलोलिटर मट्टीतेल भण्डारण क्षमता राखेर पेट्रोल भण्डारण क्षमता ८ सय ९० किलोलिटर पु¥याउने भएको छ ।
‘मट्टीतेललाई घटाएर पेट्रोलको भण्डारण क्षमता विस्तारका लागि प्रक्रिया सुरु भइसकेको छ,’ डिपो प्रमुख पोखरेलले भने, ‘पेट्रोल भण्डारण क्षमता विस्तार नगर्ने हो भने हालको भण्डारणले माग धान्न पनि धौ–धौ पर्नेछ । त्यसका लागि भण्डारण क्षमता विस्तार अत्यावश्यक नै रहेको छ ।’
‘अब मट्टीतेललाई पेट्रोलमा स्थानान्तरण गरिएपछि करिब १० दिनसम्म पुग्ने पेट्रोल भण्डारण हुनेछ ।’ मट्टीतेलको माग घट्दै गएपछि मट्टीतेल बोक्ने ट्यांकर पनि पेट्रोलमा रुपान्तरण हुने उनी बताउँछन् ।
अहिले नेपालगन्ज डिपोमा डिजल दुई हजार २८० किलोलिटर, हवाई इन्धन २८० किलोलिटर भण्डार गर्ने क्षमताका ट्यांकी रहेका छन् ।
त्यस्तै बाँके र दाङ्मा ७०८ मेट्रिक टन क्षमतामा खाना पकाउने ग्याँस भण्डारण हुँदै आएको छ । बाँकेमा रहेका दुई वटा भेरी ग्याँस उद्योगमा ५१० र मनकामना ग्याँस उद्योगमा ९० मेट्रिक टन तथा दाङ्मा रहेको राप्ती ग्याँस उद्योगमा १०८ मेट्रिक टन ग्याँस भण्डारण गर्ने क्षमता रहेको निगमका नेपालगन्ज डिपो प्रमूख पोखरेलले बताए ।
निगमको नेपालगन्ज डिपोको तथ्यांक अनुसार खाना पकाउने ग्याँसबाहेक बाँकेमा ९८ र दाङ्मा २८ गरी १२६ जना विक्रेता रहेका छन् ।
त्यस्तै ५४ जना इन्धन ढुवानीकर्ता रहेका छन् भने २० किलोलिटर क्षमताका १०८ वटा र १२ किलोलिटर क्षमताका चार वटा गरी ११२ वटा ट्यांकरले पेट्रोलियम पदार्थ ढुवानी गरिरहेका छन् ।
निगमका अनुसार हवाई इन्धनका लागि २० किलोलिटर क्षमताका ९ वटा ट्यांकर सञ्चालनमा रहेका छन् । नेपालगन्ज डिपोले साविकको मध्यपश्चिमका बाँके, बर्दिया, सुर्खेत, दैलेख, दाङ, सल्यान, प्युठान, रुकुम, रोल्पा, जुम्ला र जाजरकोट गरी ११ जिल्लामा इन्धन ढुवानी गर्दै आइरहेको छ ।
‘मट्टीतेललाई घटाएर पेट्रोलको भण्डारण क्षमता विस्तारका लागि प्रक्रिया सुरु भइसकेको छ,’ डिपो प्रमूख पोखरेलले भने, ‘पेट्रोल भण्डारण क्षमता विस्तार नगर्ने हो भने हालको भण्डारणले माग धान्न पनि धौधौ पर्नेछ । त्यसका लागि भण्डारण क्षमता विस्तार अत्यावश्यक नै रहेको छ ।’
‘अब मट्टीतेललाई पेट्रोलमा स्थानान्तरण गरिएपछि करिब १० दिनसम्म पुग्ने पेट्रोल भण्डारण हुनेछ ।’ मट्टीतेलको माग घट्दै गएपछि मट्टीतेल बोक्ने ट्यांकर पनि पेट्रोलमा रुपान्तरण हुने उनी बताउँछन् ।
अहिले नेपालगन्ज डिपोमा डिजल दुई हजार २८० किलोलिटर, हवाई इन्धन २८० किलोलिटर भण्डार गर्ने क्षमताका ट्यांकी
रहेका छन् । निगमका अनुसार हवाई इन्धनका लागि २० किलोलिटर क्षमताका ९ वटा ट्यांकर सञ्चालनमा रहेका छन् । नेपालगन्ज डिपोले साविकको मध्यपश्चिमका बाँके, बर्दिया, सुर्खेत, दैलेख, दाङ, सल्यान, प्युठान, रुकुम, रोल्पा, जुम्ला र जाजरकोट गरी ११ जिल्लामा इन्धन ढुवानी गर्दै आइरहेको छ ।
पछिल्ला पाँच बर्षको अवधिमा साविकको मध्यपश्चिम विकास क्षेत्रमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । नेपाल आयल निगम नेपालगन्ज डिपोका अनुसार पछिल्ला पाँच वर्षको अवधिमा पेट्रोलियम पदार्थको खपत झण्डै तीन गुणाले बढेको छ ।
नेपालगन्ज डिपोका अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा ९७ हजार ३ सय ९० किलोलिटर पेट्रोलियम पदार्थ खपत भएकोमा थियो । तर, गत आव २०७५/०७६ मा पेट्रोलियम पदार्थ खपत दुई लाख ४८ हजार ६०६ किलोलिटर पुगेको छ । जसमा सबैभन्दा धेरै पेट्रोल र डिजलको खपत बढेको देखिन्छ ।
निगमको यो तथ्याङ्कलाई आधार मान्दा पाँच आर्थिक वर्षको अवधिमा पेट्रोलियम पदार्थको खपत ४० प्रतिशतले प्रतिशतले बढेको छ । निगमका अनुसार यस अवधिमा पेट्रोलको खपत सबैभन्दा धेरै खपत भएको देखिन्छ । आव २०७१/०७२ मा तीन हजार २ सय ३२ किलोलिटर पेट्रोल खपत भएकोमा आव २०७५/०७६ मा बढेर ३८ हजार ४ सय १८ किलोलिटर खपत भएको छ ।
त्यस्तै आव २०७१/०७२ मा ७३ हजार १६५ किलोलिटर खपत भएको डिजल आव २०७५/०७६ मा एक लाख ६५ हजार ९४७ किलोलिटर पुगेको छ ।
आव २०७१/०७२ मा तीन हजार २०० किलोलिटर खपत भएको हवाई इन्धन आव २०७५/०७६ मा बढेर सात हजार ८१९ किलोलिटर हवाई इन्धन पुगेको छ ।
आव २०७१/०७२ मा १७ हजार ४८४ मेट्रिक टन र आव २०७५/०७६ मा ३४ हजार ८४५ मेट्रिक टन खाना पकाउने ग्याँस नेपाल आयल निगम नेपालगन्ज डिपोको तथ्यांक छ ।
यस अवधिमा मट्टीतेलको खपत भने सुरुवातमा केही बढेको देखिए पनि पछिल्लो तीन आवमा खपत दर स्थीर देखिएको छ । आव २०७१/०७२ मा ३०९ किलोलिटर खपत भएको मट्टीतेल आव २०७२/०७३ मा झण्डै ६ गुणाले बढेर एक हजार ८३० किलोलिटर पुगेको छ ।
त्यसयता खपत दर करिब स्थीर रहेको छ । आव २०७३/०७४ मा एक हजार ७०३ किलोलिटर, आव २०७४/०७५ मा एक हजार ८८० किलोलिटर र आव २०७५/०७६ मा एक हजार ९३७ किलोलिटर खपत भएको छ ।