आज सार्वजनिक विदा, बैंक खोल्न राष्ट्र बैंकको निर्देशन


आज सार्वजनिक विदा, बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाण्डौं:नेपाल सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आज (आइतबार) सार्वजनिक बिदा दिएकोछ ।

बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले सीको स्वागतका लागि आईतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो ।

मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आईतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसैबीच, नेपाल राष्ट्र बैंकले असोज २५ गते सार्वजनिक बिदा परे पनि बैंक खुला राख्न निर्देशन दिएको छ । शनिबार बाहेक असोज महिनाका आगामी सार्वजनिक विदामा पनि बैंक खुल्ला राख्न निर्देशन दिएको हो ।

सर्वाजनिक विदाका दिनमा पनि क, ख, ग वर्गका वित्तीय संस्थाहरु खुला राख्न राष्ट्र बैंकले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । बिदाका दिन पनि राष्ट्र बैंकलगायत राजश्व कारोबार गर्ने सम्पूर्ण बैंकका राजश्व संकलन सम्बन्धि काउण्टहरु तथा क्लयरिङ सम्बन्धी काम गर्ने काउण्टर र नेपाल क्लियरिङ हाउस पूर्ण रुपमा खुला हुने छन् ।