कृत्रिम घटनाको अभ्यास


कृत्रिम घटनाको अभ्यास

नेपालगन्ज : ‘अत्यावश्यक पूर्वाधारमा विपदबाट हुने क्षति घटाऔं, आधारभूत सेवा प्रभाव हुनबाट जोगाऔं’ भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस नेपालगन्जमा मनाइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति–जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको आयोजनामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राथमिक उपचार सेवा, नेपाली सेना र शसस्त्र प्रहरीले खोज तथा उद्दार सामग्री प्रदर्शन र आगो नियन्त्रणको कृत्रिम घटना अभ्यास (सिमुलेशन) गरिएको छ ।

आगलागीमा परी घाइते भएका व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरुले प्राथमिक उपचार सेवा प्रदान गरेका थिए । कार्यक्रममा सूचना तथा मानव अधिकार अनुसन्धान केन्दका अध्यक्ष विश्वजीत तिवारीले विपद् व्यवस्थापन सम्बन्धमा कानूनी व्यवस्थाबारे प्रस्तुती दिएका थिए ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष कुमारबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले बाँकेका सभापति गोवर्धन सिंह सम्झना, नेपाली सेना, शसस्त्र र जनपथ प्रहरीलगयातकोे सहभागिता थियो ।