रानीतलाउमा पर्यटक बढ्दै


रानीतलाउमा पर्यटक बढ्दै

नेपालगन्ज : नेपालगन्जमा रहेको रानीतलाउमा गएको साता महिनामा ९० हजार पर्यटक आएका छन् । उक्त अवधीमा बेलुका ५ बजेदेखि ८ बजेसम्म पर्यटकको घुइँचो लागेको रानी तलाउ सञ्चालक महोमद मम्ताज सेख बताउँछन् ।

उनका अनुसार बोटिङ गर्नेको संख्या बढ्दै गएको छ । नयाँ बोट नहुँदा सञ्चालनमा समस्या आएको छ । उपमहानगरपालिकाले पुरानै बोट दिएको थियो उनले भने, ‘भएका चारवटा बोट पनि फुटेका छनरु। मर्मत गरेर चलाउन बाध्य छौं ।’

रानी तलाउ यतिबेला स्थानीयलाई मनोरञ्जन दिने उपयुक्त थलो बनेको छ । वर्षको २१ लाख रुपैयाँमा उपमहानगरपालिकासँग ठेक्का लिएको मस्ताजले बताएका छन् ।

दुई सय वर्ष पुरानो इतिहास रहेको रानी तलाउ द्वन्द्वकालमा अलपत्र थियो । तत्कालीन अवस्थामा नगर प्रमुख धवलशमशेर राणाले पुनःसंरचना बनाएर सञ्चालनमा ल्याए पनि द्वन्द्वकालमा फेरि भताभुंग भएको थियो ।