टेण्डर च्यातिए, च्यात्ने ७ प्रहरी खोरमा


टेण्डर च्यातिए, च्यात्ने ७ प्रहरी खोरमा

नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्जले खुलाएको टेण्डर प्रक्रियामा विवाद भएको छ । निकुञ्जले निकुञ्जभित्र दुई वटा पोष्ट भवन र पर्खाल निर्माणका लागि टेण्डर खुलाएको थियो ।

टेण्डर दर्ता गर्ने क्रममा युवाहरूको एक समुहले दर्ता गर्न लागिएका टेण्डर च्यातेपछि विवाद भएको हो । ५० लाखको दुई वटा पोष्ट भवन र १९ लाखको पर्खाल निर्माणका लागि टेण्डर खुलाईएकोमा ८ वटा टेण्डर दर्ता भएपनि अन्य टेण्डर च्यातिएको कोहलपुर प्रहरी बताउँछ ।

आवेदन च्यातिएकाले अब नियमानुसार काम अघि बढाईने बाँके राष्ट्रिय निकुञ्जका कार्यालय प्रमुख प्रमोद भट्टराई बताउँछन् ।

निकुञ्ज कार्यालयले तोक लगाएका २ वटा र अन्य केही टेण्डर च्यातेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख हेमबहादुर शाहीले बताए ।

उनीहरूलाई आवश्यक अनुसन्धान गरी कारवाही गरीने शाहीले बताए ।