नेपालगन्ज : सरकारले तत्कालिन माओवादी युद्धको बेला मारिएका बाँकेको नेपालगन्ज उपमहानगरपालिका दुईका अधिराजकुमार शर्माको परिवारलाई १० लाख रूपैयाँ सहायता दिने निर्णय गरेको छ ।
बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रीपरिषद्को निर्णय अनुसार उक्त रकम शर्माका बुबा जयलाल शर्मालाई प्रदान गरिने भएको छ ।