नेपालगन्ज: कार्तिक पूर्णीमाका अवसरमा लाग्दै आएको गुुरुवागाँउ मेलाका तयारी सुरु गरिएकोछ । आगामी कात्र्तिक २५ गतेदेखि लाग्ने मेलाको तयारीका लागि व्यवस्थापन समिति गठन भई सो समितिले आफ्नो तयारी अगाडी बढाएको हो ।
बाँकेको जानकीगाउँपालिका वडा नम्बर–५, गुरुवागाउँ स्थित श्री श्याम सुन्दर नागा बाबा कुट्टीमा हरेक वर्ष कार्तिक पूर्णीमाका अवसरमा मेला लाग्नेगर्दछ ।
सो स्थानमा आगामी कार्तिक २६ गते देखि २८ गतेसम्म ३ दिन मेला सञ्चालन हुनेछ । जसका लागि मेला ब्यवस्थापन समिति समेत गठन गरिएकोछ ।
स्थानीय प्रमोद कुमार यादवको अध्यक्षतामा २५ सदस्यीय मेला व्यवस्थापन समिति गठन गरिएको छ । यादव नेतृत्व मेला व्यवस्थापन समितिको उपाध्यक्षमा मनमोहन वर्मा, राम निवास धोवी, गंगा प्रसाद काँदू र रमेश हरिजन चयन भएकाछन् ।
४ जना उपाध्यक्ष रहेको उक्त मेला ब्यवस्थापन समितिको सचिवमा विजय धोवी, सहसचिवमा नरेश करवल र कोषाध्यक्ष मायादेवी चमारलाई चयन गरिएको हो ।
यस्तै समितिको सदस्यहरुमा मातृका प्रसाद कुर्मी, लेखा यादव, अशोक गुप्ता, धर्मराज हरिजन, मोहम्मद जाहिर शेष, आशाराम यादव, हंशराज वर्मा, पंकज वर्मा, दिपेश यादव, सन्तोष धोबी, प्रमोद कुमार यादव, केदारनाथ यादव, राजेश तेली, रामआधार मौर्य, रामनिवास यादव, प्रदीप यादव, पटेश्वर हरिजन रहेका छन् ।
व्यवस्थापन समितिको सल्लाकारहरुमा जानकी गाउँपालिका वडा नम्बर–५, वडाध्यक्ष रमेशकुमार वर्मा, कलेराम वर्मा, सावितराम यादव, राम कुमार यादव, ईलाका प्रहरी कार्यालय खजुराखुर्दका ईन्चार्ज राजकुमार सिंह, लक्षमण प्रसाद यादव, छब्बन खाँ, तिरथराम वर्मा, रामकुमार वर्मा, होमराज कुर्मी, वडा सचिव दीपबहादुर कार्की, भगवान शरण यादव, जुलफिकार मनिहार, हमीद अली हलवाई, जीत बहादुर वर्मा, राजेन्द्रप्रसाद कुर्मी, जगतराम कुर्मी, राजितराम अहिर, ओंमकार नाथ गुप्ता लगायतलाई मेला समितिको सल्लाहकारम ाचयन गरिएकोछ ।
सामाजिक, धार्मिक र ऐतिहासिक मान्यताका कारण सो स्थानमा लामो समयदेखि कात्र्तिक पूर्णीमाका अवसरमा मेला लाग्दै आएकोछ ।
बाँके जिल्लामा कात्र्तिक पूर्णीमाका अवसरमा गुरुवागाँउ, जोगागाउँ, होलिया, चिसापानी, टिकुलीपुर लगायतका क्षेत्रमा मेला लाग्ने गर्दछ । यस्ता मेलाले स्थानीय कलाकार, व्यापार, सँस्कृतिको जगेर्ना गर्नुका साथै सामाजिक सद्भावलाई समेत बलियो बनाउने गुरुवागाँउ मेला व्यवस्थापन समितिका उपाध्यक्ष मनमोहन बर्मा बताउँछन् ।