नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको नगरबसले सेवा विस्तार गरेकोछ ।
नगर बसले आईतबारदेखि बाँकेको खजुरा गाउँपालिकाको गौघाट सम्म सेवा सुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले गौघाटसम्मको बस सेवा एक कार्यक्रमका विच सुभारम्भ गरे ।
सो अवसरमा गौघाटबासीले भव्य स्वागत गरेका थिए । नेपालगन्ज गौघाट बसको भाडा ३५ रुपैयाँ कायम गरिएकोछ ।
यस्तै उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणाले छिटै नेपालगन्ज–खजुराका लागि नगर बस सेवा सञ्चालन आउने बताएकाछन् ।