नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकामा ‘खजुरा बृहत सम्मेलन’ बुधबारदेखि शुरू भएको छ ।
उक्त सम्मेलनको प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका छन । विकास र समृद्धिका लागिे खजुरा बृहत सम्मलेनको आयोजना गरिएको हो ।
स्थानीय ज्ञानोदय नमुना माध्यमिक विद्यालयमा भएको उक्त सम्मेलनले गाउँपालिकाको योजना निर्माणका लागि मार्गरेखा तय गर्ने गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति बताउँछन् ।
उक्त सम्मेलनमा खजुरा क्षेत्रका तथा खजुरामा स्थायी बसोबास रहि कामको शिलशिलामा बाहिरी देशमा रहेका करिव दुईसय बढी व्यक्तिको उपस्थिति रहने कक्षपतिले बताए ।
गाउँपालिकाका शिक्षाविज्ञ भक्तबहादुर केसीको अध्यक्षतामा भएको उक्त सम्मेलन उद्घाटन कार्यक्रममा प्रदेश कृषि मन्त्री आरती पौडेल, प्रदेश साँसदहरू नन्दलाल रोका, कृष्णा केसी, बाबुराम गौतम, आइपी खरेल, जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, बाँकेका अनय स्थानीय तहका प्रमुख तथा प्रतिनिधी बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्का, बाँेकेका प्रहरी प्रमुख वीरबहादुर ओली लगायतको सहभागीता थियो ।
सम्मेलनमा विज्ञहरूले तयार पारेको आर्थिक विकास, विकासमा जनसहभागिता, योजनावद्ध खजुरा शहर, लैंगिक र महिला सशक्तीकरण खजुरा, खजुरामा कृषि, खेलकुद, गुणस्तरीय स्वास्थ्य सेवा लगायतका विषयमा तयार पारिएका कार्यपत्र प्रस्तुत गरिएको सम्मेलनका टिप्पणीकार मीनबहादुर मल्लले बताए ।
खजुरामा पहिलो पटक भएको यस सम्मेलनले नीतिगत रूपमा ठूलो टेवा पु¥याउनुका साथै समृद्ध खजुराको सपना पुरा गर्न कोशेढुगा सावित हुने विश्वास गरिएको खजुराका युवाविज्ञ किरण ढकाल बताउँछन् ।