बर्दिया:लैगिंक मैत्री कक्षा शिक्षणका लागि शिक्षकहरुलाई प्रशिक्षण दिइएकोछ । बारबर्दिया नगरपालिकाको आयोजनामा बारबर्दिया नगरपालिकाका शिक्षकहरुलाई सो प्रशिक्षण दिइएको हो ।
लैगिंक मैत्री कक्षा शिक्षणका लागी शिक्षकहरुका लागी लैगिक रुपान्तरण शिक्षण तालिम शुरु गरिएको सामाजिक सचेतन सरोकार मञ्च(स्याक)का लक्ष्मी शर्मा बताउँछन् ।
प्लान इन्टरनेशनल नेपाल, फिल्ड अफिस नेपालगन्ज र सामाजिक सचेतन सरोकार मंच (स्याक) संगको साझेदारि तथा बारबर्दिया नगरपालिका शिक्षा तथा खेलकुद शाखाको समन्वयमा शिक्षकहरुका लागी शिक्षामा लैगिक रुपान्तरण तालिम ७ गतेदेखि संचालन भईरहेको छ ।
उक्त तालिममा बारबर्दियाको परियोजना संचालन भएका ८ वटा बिद्यालयका २६ जना कक्षा शिक्षकहरु सहभागीता रहेको छ ।
तालिम परियोजना सिनियर सुपरभाईजर लक्ष्मी प्रसाद शर्मा र प्रशिक्षक हिमा कुमारी सुनारको सहजिकरण रहेकोछ । यस्तै यसअघि बर्दिया जिल्लाको राजापुरमा समेत सो तालिम सम्पन्न भइसकेको स्याकका लक्ष्मी शर्माले जानकारी दिए ।
सस्थाले बाँके जिल्लाको बैजनाथ, खजुरा, जानकी गाँउपालिका, नेपालगन्ज उपमहानगरपालिका र बर्दिया जिल्लाका राजापुर, बारबर्दिया, ठाकुरवावा, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकामा रहेका ७१ वटा सामुदायिक बिद्यालयमा ‘लैङ्गिक रुपान्तरण मुखि समाबेशी शिक्षा परियोजना मार्फत बिभिन्न कृयाकलाप सञ्चालन गरिदै आइरहेको लक्ष्मी शर्मा बताउछन् ।
नेपालको विद्यालय शिक्षा प्रणालीको गुणस्तर र सिकाइ उपलब्धिको सुदृढीकरण नै सबैभन्दा प्रमुख विषय भएको तथ्य इंगित गरेको छ । बालबालिकाहरुको लागि परिवार पछि विद्यालयले शिक्षण प्रक्रिया तथा सिकाई सामाग्रीहरुको माध्यमबाट लैंगिक परम्परागत मूल्य मान्यताहरुलाई बढावा दिने काम गरिरहेको छ ।
सो क्षेत्रमा प्रारम्भिक शिक्षाको गुणस्तरमा रहेको चुनौतीका परिणाम स्वरूप अझै पनि धेरै बालबालिका सिकाइमा कमजोर रहेका छन् । यसैकारण खास गरी प्रारम्भिक कक्षा देखि आधारभूत तहसम्मको पढाइ पूरा नगरी बीचैमा पढाइ छाड्ने तथा कक्षा दोहो¥याउनेको दर अझै पनि उच्च रहेको छ ।
आधारभूत तहको शिक्षाको टिकाउ दर र कक्षा ८ का परीक्षाका प्राप्तांक अझै पनि उत्साहप्रद देखिएका छैनन् र तिनमा सामुदायिक तथा संस्थागत विद्यालयहरूबीच ठूलो असमानता देखिने गरेको पाईन्छ । धैरै बालबालिकामा प्रारम्भिक कक्षाको पढाइ तथा गणतीय सीपको उपलब्धी न्यून हुनाले अन्य विषयहरूको सिकाइमा पनि बाधा पुगेको छ ।