नेपालगन्ज : खजुरा घोषणापत्र जारी गर्दै खजुरा गाउँपालिकाले आयोजना गरेको दुई दिने बृहत खजुरा सम्मेलन बिहीबार सकिएको छ ।
सम्मेलनमा विभिन्न कार्यपत्र प्रस्तुत र छलफल भएको गाउँपालिकाका युवाविज्ञ किरण ढकालले बताए ।
समग्र खजुराको विकासको लागि दिर्घकालिन योजनामा निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको उनले बताए । उनकाअनुसार सो सम्मेलन ‘गैसस’ उद्देश्य मोडलमा सञ्चालन भएको थियो ।
इन्जिनियर विवेक लामिछानेले प्रस्तुत गरेको ‘योजनाबद्ध खजुरा सहर र भौतिकपुर्वाधार’ विषयक कार्यपत्रमा तेज विक्रमशाहले टिप्पणी गरेका थिए । प्रस्तुतकर्ता लामिछानेले योजनावद्ध विकास नै दिगो हुने भन्दै योजना बनाएर मात्र विकासमा हात हाल्नु पर्ने सुझाव दिए ।
उनले खजुरा विकास उन्मुख सहर भएकाले व्यवस्थित ग्रामिण विकास गरेर अगाडि बढ्नु पर्ने बताए । टिप्पणी कर्ता शाहले कार्यपत्रलाई टेवा पु¥याउदै साना साना पुर्वाधारमा पनि ख्याल गर्न सके व्यवस्थित सहरको परिकल्पना पुरा हुने औलाएका थिए ।
उक्त कार्यपत्रमाथि सम्मेलनमा सहभागिहरुले सक्रियताका साथ भागलिदै व्यवस्थित खजुरा बनाउनका लागी सडकका मापदण्ड, कृषि, शिक्षा, स्वास्थ लगाएतका पुर्वाधारलाई दिगो हुनेगरी सुझाएको ढकालले बताए ।
अधिवक्ता इमानसिहं सुनारले तयार पारेको समावेसिकरणका संवैधानिक व्यवस्था कार्यान्वयन, चरित्रा शाह भण्डारीले ग्रामीण विकासका लागि महिला सशक्तीकरण, र सिर्जनशिलता, लालबहादुर खत्रीले कृषि विकास, धनिराम ओलीले खजुरा समृद्धिको आधार स्वास्थ नागरिक स्वास्थमा सुधार, ऋषिराम सापकोटाले गुणस्तरीय र प्रावधिक शिक्षाको मार्गरेखा विषयमा कार्यपत्र प्रस्तुत गरेको ढकाल बताउँछन् ।