नेपालगन्ज : बाँके कारागारका कैदीबन्दी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले जेलर भरतराज पाण्डेले १५ लाख रूपैयाँ घुस खाएको समेत आरोप लगाएका छन् । बाँके कारागारका जेलर पाण्डेले १५ लाख घुस खाएर फडेरालाई चौकीदार बनाएको कैदीबन्दीको अरोप छ ।
कारगारका कैदीबन्दीले यस बिषयमा तत्काल सत्यतथ्य छानबीन गरी जेलर पाण्डेमाथी कारवाही गर्नुपर्ने अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई सेमत आग्रह गरेका छन् ।
चौकीदार फडेराले कारागारभित्रको ज्यादतीका बारेमा बोल्ने कैदीलाई अन्यत्र सरूवा गरीदिने चेतावनी समेत दिदैं आएको कैदीबन्दीहरू बताउँछन् । जेलर पाण्डेको आडमा कैदीहरूमाथी ज्यादती गर्दै आएका फडेरा र उनका सहयोगीलाई कैदीहरूले बिहिबार कारागारबाट बाहिर निकालिदिएका छन् । उनीहरूलाई बािहर निकालेर कैदीबन्दीले कारगारमा तालाबन्दी गरेका छन् ।१०/१५ जना कैदीबन्दीको समूहले कारागारका नाइके परिवर्तन गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको बाँके कारागार बताउँछ ।
नेपालगन्ज कारागारका कैदीबन्दी र थुनुवाले आफुहरूमाथि जेलर, चौकीदार, नाइकेले शोषण गरेको आरोप लगाएका छन् । कारागारभित्र जेलर भरतराज पाण्डेको निर्देशनमा चौकीदार फडेरा नाइके शाहीले कारागारका कैदीबन्दीमाथि चरम आर्थिक तथा शारीरिक शोषण गर्ने गरेको उनीहरूको आरोप छ ।
कारागारभित्रका कैदीबन्दीले जेलर, चौकिदार र नाइके परिवर्तनको माग गरेपछि जेल प्रशासनले आफूहरूलाई अन्यत्र सरूवा गरिदिने धम्की समेत आइरहेको बताएका छन् । कैदीबन्दीहरुले कारगारका चौकीदार भरत फडेरा र नाइके मानबहादुर शाहीलाई बाहिर राखेर भित्रबाट विहीबार तालाबन्दी गरेको बाँकेका प्रहरी प्रमूख बीरबहादुर ओली बताउँछन् ।
उनले भने, ‘चौकीदार र नाइके परिवर्तन गर्नुप¥यो भन्ने माग गरेका छन् । हामी त्यसलाई सुल्झाउँदैछौं । त्यस्तो गम्भीर केही छैन ।’ कारागारमा तालाबन्दी गरेलगत्तै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी उपरीक्षक बीरबहादुर ओली र सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी लगायतको टोली कारागार पुगेर अनुगमन गर्नुका साथै घटनाका बरो जानकारी लिएको जेलर पाण्डे बताउँछन् ।
कैदीबन्दीहरूसँगको भेटपछि प्रजिअ खड्काले भने, ‘सामान्य कुरा रहेछ, उहाँहरूको बुझाईमा केही फरक परेछ । समस्या ठुलो र गम्भीर छैन, जेलर आएपछि समस्या समाधान हुन्छ ।’ जेलर भरत पाण्डे घरबिदामा रहेका कारण उनलाई शुक्रबारसम्म हाजिर हुन ताकेता गरिएको प्रजिअ खड्का बताउँछन् ।
कारगाार कार्यालयका निमित्त प्रमुख बखत थापाका अनुसार जेलर पाण्डे बिहीबारसँझ नै नेपालगन्ज आइसकेको र घटनाका बारे बुझने काम चलिरहेको बताउँछन् । कारगारका प्रमुख जेलर पाण्डेले आफूमाथि कैदबन्दीले लगाएको आरोप निराधार भएको बताएका छन् ।