अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री ओली


अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुधबार अस्पताल भर्ना भएका उनको दुई पटक डायलासिस गरिएको थियो ।

ग्राण्डी अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको गोपनियतालाई ध्यानमा राखेर स्वास्थ्य अवस्था जानकारी नगराइएको बताएको छ ।

ग्राण्डीका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा अवगत गराउँदै भने,–‘प्रधानमन्त्री भए पनि बिरामीको केही गोपनीयता हुन्छन् । परिवारको केही रिजर्भेसन हुन्छ । उहाँको अवस्था सामान्य छ । पत्रकार सम्मेलन गर्न सक्ने अवस्थामा हुनुहुन्छ । स्वास्थ्य सामान्य भनेको साँच्चै सामान्य हो । लुकाएको छैन । तर, रक्त परीक्षण आदिमा केके देखियो, सबै कुरा भन्नु ठिक हुँदैन । बिरामीको गोपनीयताको सम्मान गर्नुपर्छ ।’

डा. पाण्डेले प्रधानमन्त्री पूर्णतया ठीक हुनुहुन्छ भनेर दिमागमा राख्दा हुने उनले जानकारी दिए । स्वास्थ्य असामान्य भएको भए प्रधानमन्त्रीको स्वास्थ्यबारे नागरिकले जान्न पाउने हकअन्तर्गत जानकारी गराइने पनि उनले बताए ।

‘हामी सबैले जान्नुपर्ने कुरा के छ भने, प्रधानमन्त्री राम्रो अवस्थामा हुनुहुन्छ, प्रशन्न मुद्रामा हुनुहुन्छ,’ उनले भने ।