नेपालगन्ज: क्रियाशिल पत्रकार महिला बाँकेको पाचौं अधिवेशनबाट अमृता केसीको नेतृत्व नयाँ कार्यसमिति चयन गरिएकोछ । केसीको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । यसैगरि उपाध्यक्षमा सावित्रि गीरी, सचिवमा करुणा शाह, सहसचिवमा कमला हमाल र कोषाध्यक्षमा निशु जोशी चयन भएकीछन् ।
त्यस्तै सदस्यहरुमा सुनीता वर्मा र सुमीत्रा सुवेदिलाई चयन गरीएको छ । क्रियाशील पत्रकार महिला बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पाँचौं साधारणसभा एवम् अधिबेशनबाट उक्त कार्यसमिति चयन गरिएको हो ।
क्रियाशील पत्रकार महिला बाँकेकी अध्यक्ष दीपा आलेको सभापतित्व एवम् नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापाको प्रमुख आतिथ्यतामा भएको उक्त साधरणसभा तथा अधिवेशनको उद्घाटन समारोहमा क्रियाशील पत्रकार महिला बाँकेकी संस्थापक सचिव तथा उपमेयर थापा, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य मधु शाही, प्रदेश नम्बर ५ का सचिव शुक्रऋषि चौलागाईं, बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारुले पत्रकार महिलाहरुको क्रियाशीलता तथा दक्षता अभिबृद्धिका लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । महिलालाई पत्रकारितामा लाग्न प्रेरित गर्नेदेखि काम गरिरहेकाहरुलाई टिकाई राख्न सस्थाले ध्यान दिनुपर्नेमा उनीहरुको जोड थियो ।
कार्यक्रममा प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल, नेपाल प्रेस युनियन बाँकेका निवर्तमान अध्यक्ष नरेन्द्र थापा, क्रियाशील पत्रकार महिला प्रदेश ५ की उपाध्यक्ष रुपा गहतराज, बाँके शाखाकी संस्थापक अध्यक्ष अक्षरी पोख्रेल, संस्थापक सहसचिव सन्ध्या शाह, ठकुरी पत्रकार समाज बाँकेकी अध्यक्ष करुणा शाह, पर्यटन पत्रकार संघ बाँकेका सचिव मधु पौडेल, आदिबासी जनजाति पत्रकार महासंघ बाँकेका कोषाध्यक्ष सोम गुरुङ तथा गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा उपाध्यक्ष अमृता केसीले स्वागत मन्तब्य राखेकी थिइन । सो क्रममा संस्थापक अध्यक्ष पोख्रेल र अष्ट्रेलियामा बस्दै आएकीसंस्थापक सहसचिव शाहलाई मायाको चिनो प्रदान गरिएको थियो ।